मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा अाइतबर भएकाे प्रतियाेगिताकाे दाेस्राे खेलमा मकवानपुर ११ लाइ २–० गाेल अन्तरले हराउँदै एपिएफ क्लब काठमाडाै विजयी भएकाे छ ।
दोस्रो हापको २६ औं मिनेटमा एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले गोल गर्दै टीमलाइ अग्रता दिलाएका थिए । एपीएफकै तर्फबाट जर्सी नम्बर ३ का मान बहादुर रानाले खेलको ४५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो ।
जनता माबिको खेल मैदानमा भएको पहिलो हाफको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा बराबरीमा रोकिएको थियो । शुरुवाती समय देखिनै दबाबमा राखेको मकवानपुर-११ ले खेलको १६ औं र २२ औं मिनेटमा अवसर पाएको थियो । तर, उक्त मकवानपुरका जर्सी नम्बर ११ का बिश्व लामाले दिएको पास जर्सी नम्बर ७ का खेलाडी बिजय बिकको प्रहारलाई गोल रक्षक राजु योगीले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच एपिएफ जर्सी नम्बर ७ का प्रदीप लामा घोषित भएका छन् । उनले नगद ५ हजार समेत प्राप्त गरे ।
खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा भोलि १६ गते अफ्रीकन रुस्ट एशोसिएसन क्यामरुन र बिर्तामाड युनाइटेड झापाबीच प्रतिष्पर्धा बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।

