ज्याेति घिमिरे
बिर्सिएको मित्रआज दु:खमा काम आयो।
तुशारे शिशिर पछि बल्ल पारिलो घाम आयो।
जवानीमा पुजापाठ गर्न मन लागेन,
उमेर ढल्किएपछी यादमा चारधाम आयो।
बिदेशमा पियाराले दस नङ्ग्रा खियाएपछी,
स्वदेशमा पियारिको सुखको लाम आयो।
छोराले बाहिर बाट जति डलर पठाए नि,
स्याहार गर्न निकम्मा घरकै छोरा काम आयो।
चिनियो पैसा अनि इज्जतको बखानले,
तब पो टाढा हैन सहोदर हो भनी नाम आयो।
रावणले सीता हरेको त्यो युगका कुरा,
अहिले त सीता हर्न कलियुगको राम आयो।
गाेदार धनुषाा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको भदौ २० गते हुने वडा अधिवेशनका लागि खटिने १ सय २ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण सम्पन्न भएको छ । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता वडा अधिवेशनका लागि खटिने निर्वाचन अधिकृतका लागि शुक्रबार १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सहायक निर्वाचन अधिकृत र वडा निर्वाचन अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सचिव सुवातसिं थिङ, शिक्षक संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपकलाल श्रेष्ठ, जिल्ला अध्यक्ष रामकुमार अधिकारी, प्राध्यापक संघका अध्यक्ष राजबाबु पहाडी, डिएलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बकैया गाउँपालिकाको अध्यक्षमा जिमि स्याङतान लो चयन भएकी छन् ।
शुक्रबार बकैया-७ मा रहेकाे धनेश्वर पार्कमा भएको भेला तथा सम्मेलनले स्याङतानको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन गरिएको बकैया गाउँपालिका उपाध्यक्ष एवं एमाले मकवानपुरको जिल्ला सदस्य सरला बोलखेले जानकारी दिईन् ।
कमिटिको उपाध्यक्षमा सुनिता घिमिरे ढकाल,सचिवमा सानुमाया वाईवा,उपसचिवमा शिव कुमारी राई,कोषाध्यक्षमा ज्वोती भ्लोन सर्वसमत चयन भएको सदस्य बोलखले बताईन् । नेकपा एमाले बागमती प्रदेश सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्यहरु दल बहादुर वाईवा,कृष्ण चौलागाई, सुस्मिता घोरासैनी,अनेमसंघ बागमती प्रदेश सदस्यहरु सिता खनाल,लक्ष्मी चौलागाई,अनेमसंघ मकवानपुरको अध्यक्ष सुमित्रा काफ्ले,बकैया-७ का वडा अध्यक्ष रामकाजी लामिछाने,युवा संघ बकैया संयोजक विजय वाईवा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिन्दु महिलाहरूकाे पर्व हरितालिका तीज विषेश शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा करिब ५ सय महिलाहरुको सहभागिता रहेको थियो ।
- हिराकाजी कुमाल
अस्ति महिला समुहको भवनमा चर्काचर्की सुनिएथ्यो ! के भएको रहेछ समुहमा भनेर पछि सोधपुछ गर्दा एउटी सदस्यले दुई महिनालाई भनेर लगेको ऋणको सावाँ र ब्याज तिरिनछन् त्यसैले उनलाई सबैले गाली गरेका रहेछन् !
पैसा नभएर नतिरेको होला नि त्यसरी हल्ला गर्ने होत भन्दा “ऋण लगेपछि तिर्नुपर्छ, अहिले छैन भनेर हुन्छ ?” मान्य सदस्यको कुरा जायज भएपनि एउटै टोलमा बस्ने आमा दिदिबहिनी हरु एउटालाइ समस्या पर्दा अर्कोले सहयोग गर्नुपर्छ अहिले नभएपनी अर्को दिन होला नि, फेरि तपाईं हामीलाई पनि त यस्तो समस्या कुनैदिन पर्न सक्छ, सक्नुहुन्छ भने अहिलेलाई तपाईंहरु सबै मिलेर तिरिदिनुस् भन्दा श्री सदस्य … ममाथि नै जाइलाग्नुभो हिजो ।
‘आज हाम्रो महिला समुहको दर खाने कार्यक्रम छ ! हामीले एक/एक हजार उठाएर दर खान लागेको, एउटीले पैसा छैन दर खान्न भनी, हामी उन्नाइस जना छौं!तपाईं दिउँसो कता जानुहुन्छ ? फ्रीजमा दाल तरकारी बिहानको छ, भात पकाएर खानु’ श्रीमती जि ले भनेपछि हस भनेँ । बेलुकी अबेर भैसकेको थियो म खेतमा पानी लगाएर घर फर्कदै गर्दा बाटैमा कान्छी दिदिको घर पर्ने,बोलाएँ ! कोहि नबोलेपछी भित्र पस्दा कान्छी दिदि एक्लै आँखा भरि आँसु लिएर रेडियोमा तिजको गित सुन्दै बसिरहेकी रहेछिन्दिदि के भयो ?
आज महिला समुहको दर खाने कार्यक्रममा तिमी गइनौ ? उनी बोलिनन् फेरि सोधेँ ! उनी अप्ठ्यारो मान्दै बोलिन् “अलि सन्चो नभएजस्तो भाछ त्यसैले … “मनमा धेरै कुराहरू भएपनि केहि भन्न नसकेको भान हुन्थ्यो …त्यही बेला भित्तामा झुन्डिएको रेडियोमा जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदै रुँदै … गित बज्न थाल्यो अब उनी बेस्सरी रुन लागिन् ।
राति अबेरसम्म श्रीमती घर नआएपछि उनलाई लिन जानुपर्यो भनेर त्यहाँ पुग्दा त्यहाँ पनि त्यही गित चरी जेलैमा ठुलो स्पिकरमा बजिरहेको थियो उनै महिला समुहका सदस्यहरु उफ्रि/उफ्रि नाचिरहेका थिए ।
गाेरखा
गंगा खड्का
१.
हेर्दाहेर्दै तिमी जान्ने भएछौ
आफैँलाई ठूलो ठान्ने भएछौ
घमण्डको मात लागेछ क्यार
अरुलाई तीर हान्ने भएछौ ।
२.
हुने खानेका टाउकाहरु एकै ठाउँमा जोडिन्छन्
ओरालो लागेपछि मान्छेहरु आफ्नैबाट छोडिन्छन्
यो धन भन्ने कुरा कस्तो चिज बनाएछ मान्छेले
थैली बलियो हुनासाथ पाइला अन्यत्र मोडिन्छन् ।
३.
काँचो धागो सरी अचेल सम्बन्धहरु चुँडिँदै छ्न्
मायाले जोडेका मनहरु भित्रभित्रै कुँडिँदै छन्
हर कुराको अल्पायुमै उत्सर्ग हुन थालेपछि
मानवताका साइनोहरु दिनदिनै खुँडिँदै छन् ।
४.
चन्द्रमाको कला बिर्सेर मान्छे किन दाग मात्रै हेर्छन् ?
आफूले नै चिनेको चौतारालाई काँडाले किन घेर्छन् ?
एउटै कुरामा फरक दृष्टिकोण घरीघरी किन
मान्छेले आखिर स्वार्थी बनेर रङ कतिन्जेल फेर्छन् ?
५.
हिलोमा पनि सुन्दरता पोख्दै कमल फूल फुल्दछ
सौन्दर्यधारा बगाई गुलाफ काँडाबीच नि झुल्दछ
प्रकृतिको शक्ति अदम्य र अद्भुत भएरै त होला
घामपानीमा प्रेमिल रङ्ग दलेर इन्द्रेणी खुल्दछ ।
बुढानिककण्ठ, काठमाडाैं