मकवानपुर । नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा फर्केका छन् ।
संविधान दिवसकाे दिन आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामिछानेलाई माओवादीमा प्रवेश गराएका थिए । काठमाडाैमा भएकाे कार्यक्रममा लामिछाने सहित एमाले र जसपाका प्रेम वाइबा, सुजन थापा कृष्ण कार्की लगायत २ दर्जन नेताहरु माओवादीमा प्रवेश गरेकाे माओवादी मकवापनुरका प्रवक्ता कमान सिंह पाख्रिनले जानकारी दिए ।
लामिछाने तत्कालिन नेकपा माओवादी विभाजन भएसँगै बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिको नेता भएका थिए । नयाँशक्ति मै रहेका बेला नेकपा एमाले प्रवेश गरेका मकवानपुरका पुर्व सांसद पुनः माओवादी केन्द्रमानै फर्किएका हुन् ।
संविधान सभा सदस्य लामिछाने यसअघिको चुनावमा माओवादीबाट एमाले प्रवेश गरेका व्यक्ति हुन् ।माओवादीबाटै चुनाव जितेर संविधान सभा सदस्य बनेका लामिछाने एमाले पार्टी प्रवेश गरेर लामो समयदेखि एमालेमा रहेका थिए ।
मकवानपुर । हेटाैडा ४ मा रहेकाे नारी संरक्षण केन्द्रले सहयोगीलाई सम्मान गरेकाे छ । बेचबिखनमा परेका तथा विपन्न परिवारका बालबालिकाको संरक्षण गर्दै आएको संरक्षण केन्द्रले बीसौं बार्षिक साधारणसभाकाे अवसरमा आइतबार सहयोगी संघ, संस्थालाई सम्मान समेत गरेको छ ।
संस्थाका उपाध्यक्ष भिष्मराज सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा केन्द्रकी सचिव प्रतिकला चौधरीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संरक्षण र शिक्षा परियोजनाअन्तर्गत केन्द्रले २ जना बालक र २६ जना बालिकालाई आवासीय सुविधासहित संरक्षण गरिराखेको सचिव चौधरीले जानकारी दिइन् । यस्तै नारी संरक्षण केन्द्रकी कोषाध्यक्ष प्रिस्किला तामाङले आर्थिक बर्ष २०७७/७८ मा ८७ लाख ३१ हजार अनुदान सहयोग प्राप्त भएको र ८६ लाख २० हजार रुपैयाँ खर्च भएको जानकारी दिइन् ।
संरक्षित बालबालिकाको परिवारको आयआर्जनका लागि सिलाई तालिमका साथै उपकरण सहयोग सहयोग गर्दै आएको बताइएको छ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनको मापदण्ड लागू गर्न भने कठीन भएको केन्द्रले जनाएकाे छ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा धर्मराज न्याैपाने चयन भएका छन् ।
माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आइतबार भएकाे भेला तथा प्रशिक्षण कार्यक्रमले न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा जित बहादुर लो, सदस्यहरुमा राम बहादुर लुङ्वा,केशव प्रसाद गौतम, सीता थापा मगर, धन बहादुर बिक लगायत रहेका छन् ।
यसैगरी भेलाले श्याम कुमार थापाको अध्यक्षतामा ४५ सदस्यीय वाइसीएल वडा कमिटि, रम्बादेवी राना मगरको संयोजकत्वमा महिला समिति र अर्जुन चौरेलको संयोजकत्वमा किसान संगठन गठन गरेको छ ।
भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा नेकपा माओवादी केन्द्र मकवानपुरका नेता आशा नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर सदस्य सन्देश तुम्सिङ्ग मगर लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलगाईले असाेज ३ गते आइतबारबाट कुनै पनि दलकाे पदीय जिम्मेवारीमा नरहने घाेषणा गरेका छन् । आइतबार सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष चौलगाईले आजको दिनबाट कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने बताएका हुन् ।
फेसबुकमा लेख्दै अध्यक्ष चौलगाईले भनेका छन्ः आजबाट कुनैपनि राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारी नरहने जनाउँछु । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै सक्रिय रहँदै आएको म आगामी दिनहरुमा धार्मिक एवं मानवीय सेवामा निरन्तर जुझारु ढङ्गले सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
चौलागाई लामो समय राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) मकवानपुरको हेटौंडा नगर कमिटी र केहि महिना अघि मात्रै नेपाली कांग्रेस मकवानपुरमा प्रवेश गरेका थिए । चौलागाई केहि साता अघि मात्रै श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा चयन भएका थिए ।
सामजिक क्षेत्रमा निरन्तर मानवीय सेवामा सक्रिय सामाजिक संस्था सहयोगी मन नेपालका अध्यक्ष चौलगाईले आगामी दिनहरुमा मानवीय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

मकवानपुर । नेपाली काँग्रेस बकैया गाउँपालिकाद्वारा वडा सभापति तथा पुराना नेताहरुलाई सम्मान गरेकाे छ ।
काँग्रेस बकैया गाउँपालिकाले वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई असाेज ४ गते आईतबार सम्मान तथा प्रमाणपत्र वितरण गरेको हाे । बकैयाका १२ वटै वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैया गाउँपालिकाका पुराना नेताहरुलाई सम्मान कार्यक्रम गरिएको हो ।
काँग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्मान कार्यक्रम भएकाे हाे । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइरालाकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी जिल्ला सदस्यहरु ईन्दिरा न्यौपाने, भीमसेन महत, अमृता थापा मगर, सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, संघीय सभापति दामोदर खनाल, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछाने, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।