मकवानपुर । नेपाली काँग्रेस बकैया गाउँपालिकाद्वारा वडा सभापति तथा पुराना नेताहरुलाई सम्मान गरेकाे छ ।
काँग्रेस बकैया गाउँपालिकाले वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई असाेज ४ गते आईतबार सम्मान तथा प्रमाणपत्र वितरण गरेको हाे । बकैयाका १२ वटै वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैया गाउँपालिकाका पुराना नेताहरुलाई सम्मान कार्यक्रम गरिएको हो ।
काँग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्मान कार्यक्रम भएकाे हाे । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइरालाकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी जिल्ला सदस्यहरु ईन्दिरा न्यौपाने, भीमसेन महत, अमृता थापा मगर, सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, संघीय सभापति दामोदर खनाल, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछाने, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

