मकवानपुर । नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा फर्केका छन् ।
संविधान दिवसकाे दिन आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामिछानेलाई माओवादीमा प्रवेश गराएका थिए । काठमाडाैमा भएकाे कार्यक्रममा लामिछाने सहित एमाले र जसपाका प्रेम वाइबा, सुजन थापा कृष्ण कार्की लगायत २ दर्जन नेताहरु माओवादीमा प्रवेश गरेकाे माओवादी मकवापनुरका प्रवक्ता कमान सिंह पाख्रिनले जानकारी दिए ।
लामिछाने तत्कालिन नेकपा माओवादी विभाजन भएसँगै बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिको नेता भएका थिए । नयाँशक्ति मै रहेका बेला नेकपा एमाले प्रवेश गरेका मकवानपुरका पुर्व सांसद पुनः माओवादी केन्द्रमानै फर्किएका हुन् ।
संविधान सभा सदस्य लामिछाने यसअघिको चुनावमा माओवादीबाट एमाले प्रवेश गरेका व्यक्ति हुन् ।माओवादीबाटै चुनाव जितेर संविधान सभा सदस्य बनेका लामिछाने एमाले पार्टी प्रवेश गरेर लामो समयदेखि एमालेमा रहेका थिए ।

