मकवानपुर । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १० राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले ताला लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।
संचालकले कर्मचारीको आवशयक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको बताईएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे क्याम्पडाँडा नजिक कारले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाईते भएका छन् ।
शनिबार राति हेटौंडाबाट चौघडा तर्फ गईरहेको बा १९ च ५९६९ नंबरको कारले विपरित दिशाबाट आईरहेको प्र.३-०३-००१प ४९३८ नंबरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरगढी गाउँपालिकाका ३८ वर्षीय छबिलाल पुडासैनी घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
घाईते पुडासैनीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको र पुडासैनीको दुबै खुट्टामा गम्भिर चोट लागेको छ मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर / हेटौंडा उपमहानगरपालिका -५ को ढुङ्गेधारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चासो देखाईएको छ ।
मकवानपुरको धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको यो क्षेत्रमा खासै चर्चामा नरहेपछी स्थानीय तहले यस्तो चासो प्रकट गरेको हो । अब यहाँ रहेको ढुङ्गे धाराको महत्त्व तथा दुर्गा देवीको दरबारको रुपमा विकास गरिने भएको छ ।
ढुङ्गेधारा पर्यटन विकास मन्चको अध्यक्ष इश्वर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिवको मुर्तीलगायत भौतिक संरचना निर्माण गरिने बताए ।
अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देश बिदेसबाट पनि भक्तजन, पर्यटक आउने संरचना बनाइने बताए । हेटौंडा-५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिँढी निर्माण लगायतको काम भइरहेको छ ।
सनिबार ढुङ्गेधारा पर्यटन विकास मन्चको आयोजनामा भएको बडादशैं, दीपावलि, नेपाल सम्बत तथा छ्ट पर्बको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पर्यटकीय क्षेत्रको विकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रम हेटौंडा -५ का वडा अध्यक्ष राजेश बानियाँले वडा कार्यालयको तर्फबाट पनि सकेको सहयोग गर्ने बताए । कार्यक्रममा ढुङ्गेधाराको विकासको लागि स्थानीयस्तरबाटै सहयोग जुटेको अध्यक्ष ढुङ्गानाले बताए । नेपाली कांग्रेस हेटौडा ५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन विकास मन्चलाई सहयोग गरेका थिए ।
पारस भट्ट ‘प्यासी’
आउँछु घर, भनेर गाथें, अगाडी बढेर।
सोचेको थिए, प्रदेश बाट, पैंसामै चढेर।
उठ्छुत चिन्ता, सुत्छुत चिन्ता, चिन्तानै चिन्ताछ।
हे दैब प्रभु ,यो मेरो खुसी,लुकेको काहाँ छ।
छोराको चिन्ता, छोरीको चिन्ता,कहिलै नजाने ।
खाएको खाना, मैरोत प्रभु , चिन्ताले भो खाने।
आमाको चिन्ता, बाबाको चिन्ता, चिन्तानै चिन्ता छ।
अचेल मेरो हरेक दिन, सारै नमज्जा छ।
धेरै नै सोच्छु, स्वदेशबाट, प्रदेश आएर।
ठुलोनै गल्ती, गरेको रैछु, नेपाल छोडेर।
कामको चिन्ता,दामको चिन्ता,चिन्तानै चिन्ता छ।
पागल भाछु,आफैंलाई सोद्छु,मलाई के भा’छ।
घरको चिन्ता, सबैको चिन्ता, चिन्तानै चिन्ता छ।
प्रदेश चिन्ता के कस्तो हुन्छ,प्रदेशी थाहा छ।
दालमा चिन्ता, भातमा चिन्ता,अचार चिन्ताकै।
सम्झना धेरै, आउँछ हेर, बाबा र आमाकै।
बैनीको चिन्ता, दिदिको चिन्ता, चिन्तानै चिन्ता छ।
अचेल मेरो,यो जिन्दगानी,चिन्तामै गैरा’छ।
आखाँमा आँसु,बगेका बग्यै, कहिलै रोकिन्न।
मनका पीडा, बेदना हरु, बाहिर देखिन्न।
ज्यानको बाँजी ,राखेर आथें,सोची आरामँ छ।
प्रदेश मात,पैंसाको बारी, सजिलो कामँछ।
दिनमा काम,रातमा काम,चिन्तानै चिन्ता छ।
प्रदेश दु:ख, न भोग कोही, नेपालै आहा छ।
मेलौली २ सेली बैतडी
मकवानपुर । गतवर्ष भएको मकवानपुर गोल्डकप तेस्रो संस्करणकाे आय व्यय विवरण सार्वजनिक गरिएकाे छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएकाे स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता (मकवानपुर गाेल्डकप)-२०७७ मा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
संघले पत्रकार सम्मेलन गरी जिल्लामा रहेको १० वटै पालिका, विभिन्न व्यक्ति तथा संस्था र टिकटबाट ८१ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ आम्दानी गरेको जनाएकाे छ । जसमध्य ६९ लाख ७७ हजार ९ सय २६ रुपैयाँ खर्च भएकाे र ११ लाख ५९ हजार ७ सय ६६ रुपैयाँ बचत गरेको संघले जनाएको छ ।
देशका चर्चित १० टिमको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम हुँदै नगद र रनिङशिल्ड प्राप्त गर्दा आयोजक मकवानपुर-११ उपविजेता बनेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल खेलाडी अमिर श्रेष्ठलाई बुलेट बाइक उपहार प्रदान गरिएको थियो। प्रतियोगिता गत वर्ष फागुन २७ देखी चैत ७ सम्म प्रतियोगितामा भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष टिकाराम लामा, महासचिव युनाल मल्ल, सहिद स्मृति गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्ट, संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।