मकवानपुर । बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले थाहा दर्शनलाई व्यवहारमा अनुशरण गर्नुपर्ने बताएका छन् । रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवका अवसरमा आयोजित पर्यावरण प्रर्वद्धनकाे लागि साइकल ¥याली कार्यक्रममा बोल्दै मन्त्री खड्काले रुपचन्द्र विष्टको थाहा दर्शनलाई विश्व्यापी रुपमा अनुशरण गर्नुपर्ने बताएका हुन् ।
‘पर्यावरणको विषय हरेक नागरिकको जीवनसँग जोडिएको हाे’ मन्त्री खड्काले भने– ‘पछिल्लो समय वातावरण तथा पर्यावरण बिग्रदै आएको भन्दै यसलाई सफा र सुरक्षित गर्न सबै तहबाट एकजुट भएर लाग्नु पर्छ ।’ हरेक राजनीतिक दलले पर्यावरणलाई आफ्नो मुद्दा बनाउनुपर्नेमा समेत उनले बताए । निष्पक्ष रुपमा जनताको आवाज प्रशारण प्रर्वाह गर्दै आएको रेडियो थाहासञ्चारले सामाजिक उत्तरदायित्वको रुपमा पर्यावरणको लागि साईकल ¥याली गरेकोमा उनले रेडियोको वार्षिकोत्सवको शुभकामना समेत दिए ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रलायको सचिव यज्ञनाथ दाहालले सामादुयिक वन महासंघले उठाएको तेहोरो करको समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । रेडियोको प्रबन्धक अरुणराज सुमार्गीले नेपालमा पर्यावरणको बारेमा तीनै तहको सरकारसँग समन्वय गरेर प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । निष्पक्ष र एकरुपता रहनु रेडियोको विशेषता रहेको र सोही अनुसार काम गरिरहेको उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपाकिा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई,गढी गाउपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्रिन,नेपाल पत्रकार महांसंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रेडियोले प्रत्यक वर्ष साताव्यापी कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाउदै आएको छ। कार्यक्रम रेडियोका प्रबन्धक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको हाे ।
मकवानपुर । हेटाैडामा बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चारकाे १४ औ वार्षिकोत्सव सुरु भएकाे छ । रेडियाे स्थापनाकाे १४ वर्ष पुरा गरि १५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्क्ष्यमा सप्ताहाव्यापी कार्यक्रम आयाेजना हुने भएकाे छ ।
रेडियाेकाे साताव्यापी कार्यक्रम अन्तरगत आइतबार पहिलाे दिन पर्यावरण प्रर्वद्धनको लागि साइकल ¥याली आयाेजना गरिएकाे छ । हेटौंडा–४ अजरअमर रोड स्थित रेडियो परिसरबाट सुरु भएको साइकल ¥याली मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा राईडर्स क्लवका अध्यक्ष विकास ताम्राकार, सस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरीले मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको दोस्रो दिन फागुन २ गते साेमबार रक्तदान कार्यक्रम आयाेजना गरिने भएकाे छ । कार्यक्रमको तेस्रो दिन हुने रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ भने फागुन ४ गते दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौत्तमले जानकारी दिए । कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँई ,मन्त्रालयका सचिव, किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहने समेत गाैतमले बताए ।

यसैगरी फागुन ५ गते सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम हुनेछ । ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया हुनेछ भने अन्तिम दिन फागुन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने स्टेशन म्यानेर गौतमले जानकार। भनाई छ ।
रेडियोले प्रत्यक वर्ष साताव्यापी कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाउदै आएको छ। कार्यक्रम रेडियोका प्रबन्धक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको हाे ।
मकवानपुर । जिल्ला बक्सिङ संघ मकवानपुरलाई म्याट सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का र बक्सिङ खेलका पूर्व प्रशिक्षक ध्रुवलाल श्रेष्ठले संघलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ६८ वटा म्याट सहयोग गरेका छन् ।
आइतबार हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ संघका अध्यक्ष दिपेश जोशीलाई १४ नम्बार वडा अध्यक्ष खड्काले म्याट हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष खड्काले ८० हजार रुपैयाँको ३६ वटा म्याट सहयोग गरेका हुन् । यसैगरी पुर्व प्रशिक्षक श्रेष्ठले ४० हजार रुपैयाँको २० वटा म्याट सहयाेग गरेका हुन भने र हेटौंडा उपमहानगरपालिकाले ३० हजार रुपैयाँको १२ वटा म्याट सहयोग गरेको हो ।
म्याट हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, जिल्ला बक्सिङ संघका द्वितीय उपाध्यक्ष सुशील घिमिरे, सचिव भाजु श्रेष्ठ, युनिक बक्सिङ क्बलका अध्यक्ष गोकुल मोक्तान, प्रशिक्षक लालबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडामा २७ औँ जनयुद्ध दिवस मनाएको छ । दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र उपमहानगर कमिटि हेटाैडाले आइतबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेका हाे ।
कार्यक्रम माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कटिमीका उपाध्यक्ष प्रेम बहादुर पुलामीको पनि उपस्थिति रहेको थियो । जनयुद्ध कालमा मकवानपुरका ११ जना वेपत्ता भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् । ‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’
आर. आर. चौलागाईं
त्यो ठाउँमा छिट्टै पुगिन्छ भन्थे
त्यहाँ पुगेपछि
साह्रा दुःखहरू
निमिट्यान्न हुन्छ भन्थे
म पनि सामेल भएँ
म पनि हिँडेँ
पसिना बगाएँ
रगत चुहाएँ
अरूले पनि त्यस्तै गरे
कति मरे
कति बाँचे
अत्तोपत्तो भएन
धेरै वर्षपछि झल्याँस्स भएँ म
अरू पनि भए
जति हिँडे पनि
जति दौडिए पनि
हामी त्यहीँ रहेछौँ
जहाँ हामी
सबभन्दा पहिला उभिएका थियौँ
हाम्रो यात्रा
अहिलेसम्म सुरू भएकै रहेनछ ।
हेटौँडा–४, मित्रनगर