मकवानपुर । बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले थाहा दर्शनलाई व्यवहारमा अनुशरण गर्नुपर्ने बताएका छन् । रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवका अवसरमा आयोजित पर्यावरण प्रर्वद्धनकाे लागि साइकल ¥याली कार्यक्रममा बोल्दै मन्त्री खड्काले रुपचन्द्र विष्टको थाहा दर्शनलाई विश्व्यापी रुपमा अनुशरण गर्नुपर्ने बताएका हुन् ।
‘पर्यावरणको विषय हरेक नागरिकको जीवनसँग जोडिएको हाे’ मन्त्री खड्काले भने– ‘पछिल्लो समय वातावरण तथा पर्यावरण बिग्रदै आएको भन्दै यसलाई सफा र सुरक्षित गर्न सबै तहबाट एकजुट भएर लाग्नु पर्छ ।’ हरेक राजनीतिक दलले पर्यावरणलाई आफ्नो मुद्दा बनाउनुपर्नेमा समेत उनले बताए । निष्पक्ष रुपमा जनताको आवाज प्रशारण प्रर्वाह गर्दै आएको रेडियो थाहासञ्चारले सामाजिक उत्तरदायित्वको रुपमा पर्यावरणको लागि साईकल ¥याली गरेकोमा उनले रेडियोको वार्षिकोत्सवको शुभकामना समेत दिए ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रलायको सचिव यज्ञनाथ दाहालले सामादुयिक वन महासंघले उठाएको तेहोरो करको समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । रेडियोको प्रबन्धक अरुणराज सुमार्गीले नेपालमा पर्यावरणको बारेमा तीनै तहको सरकारसँग समन्वय गरेर प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । निष्पक्ष र एकरुपता रहनु रेडियोको विशेषता रहेको र सोही अनुसार काम गरिरहेको उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपाकिा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई,गढी गाउपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्रिन,नेपाल पत्रकार महांसंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रेडियोले प्रत्यक वर्ष साताव्यापी कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाउदै आएको छ। कार्यक्रम रेडियोका प्रबन्धक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको हाे ।

