मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका २ नम्बर वडामा स्वतन्त्र अध्यक्ष उम्मेदवार सुदिप राजबहाक घरदैलो अभियान गर्दै आफ्नो पक्षमा मत माग्न ब्यस्त छन । स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेस बाट वडा सदस्य पदमा निर्वाचिन राजबहाकले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा-२ को लागि कांग्रसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका राजबहाकले आफ्नो विभिन्न प्रतिबद्धतासहित घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।
राजबहाकले शनिबार बिहान हेटौंडा २ को वनस्खण्डी,मनकामना चोक,मानसचोक,कांग्रेस चोक,संगम चोक लगाएत क्षेत्रमा मत माग्दै घरदैलो गरेका छन् ।
नेपाली काग्रेसले यसपटक २ नम्बर वडामा पछि कांग्रेस प्रवेश गरेका विष्णुगोपाल महर्जनलाई वडा अध्यक्षको उम्मेद्वारी बनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा गठबन्धन दलका उम्मेदवारहरुले घरदैलोसँगै मतदाता शिक्षा अभियान चलाउदै आएका छन् ।
नेपाली कांग्रेस र नेकपा समाजवादीको संयुक्त निर्वाचन प्रचारप्रसार समितिले सहजकर्ता परिचालन गरी घरदैलोको साथै मतदाता शिक्षा कार्यक्रम समेत सँगै गरेका छन । २०७४ सालको स्थानीय निर्वाचनका क्रममा अधिकांश मत बदर भएपछि यसपटक गठबन्धनका उम्मेदवारहरूले घरदैलो सँगसँगै मतदाता शिक्षा कार्यक्रमलाई पनि जोड दिएका हुन् ।
सहजकर्ताहरूले मतदाताका घरदैलोमा पुगेर सही तरिकाले मतदान गर्ने बारेमा मतदातालाई सहजीकरण गर्ने नेपाली कांग्रेस १७ नम्बर वडा सभापति तथा वडा सदस्य उम्मेदवार नवराज न्यौपानेले बताए ।
यसैबीच दुईदलीय गठबन्धनले शुक्रबार वडाको विकट क्षेत्र साजबोटे, बुङ्गे, धियाले, सुकौरा लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्षका प्रत्यासी उद्धव सत्याल सहितको टोलीले चुरे क्षेत्रमा रहेका ती बस्तीहरूमा पुगी आफ्ना चुनावी प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरेका छन् ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले दोब्बर मतका साथ बिजय हासिल गर्ने बताएका छन । हेटौंडा १२ र १३ को चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले बिपक्षीको भन्दा दोब्बर मत ल्याएर एमालेका उम्मेदवारले जीत हासिल गर्ने दाबी गरेका छ्न ।
`एमालेको जीत पक्का भैसक्यो । अब निर्वाचनबाट औपचारिकता पूरा गरेर प्रमाणपत्र दिन मात्र बाँकी हो ।´ एमाले केन्द्रिय सल्लाहकार समेत रहनुभएका बागमतीका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले भने । `अब १ दुई सय मतले मात्र जित्ने हैन । बिपक्षीले जति मत ल्याउँछ त्यो भन्दा दोब्बर मतले एमालेले बिजय हासिल गर्छ ।´ पौडेलले दाबीका साथ भने ।
एमालेको बिजयले मात्र बिकास सम्भव भएको भन्दै आफू प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि हेटौंडा प्रदेश राजधानी कायमदेखि नगरको सबै क्षेत्रमा उल्लेख्य बिकास गरेको उनले बताए । अब सबै जनताले बिकास गर्न एमाले नै आवश्यक भएको भन्ने कुरा बुझिसकेका छन पौडेलले भने एमालेलाई पराजित गर्न योजना र सिद्धान्त नै नभएका दलहरु जनताको बिचमा भोटको लागि गैंडा र हात्ती लिएर आउन सक्ने हुँदा सजग रहन समेत आग्रह गर्द्छु।
सरकार चलाउने हैसियत नभएका र सरकार चलाउन आवश्यक पर्ने उम्मेदवार खडा गर्न नसक्ने पार्टीलाई भोट दिएर भोट खेर नफाल्न समेत मतदाताहरुलाई उनले आग्रह गरे ।
यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जीतलाई रोक्न कसैले नसक्ने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले बताएका छन । एमाले नै बिकास गर्ने, समृद्धि ल्याउने, देशलाई अगाडि बढाउने पार्टी भएको जनताले बुझेकाले अब गठबन्धनको नाममा जसले जति भ्रम फैलाउने काम गरेपनि एमालेको जीत पक्का भएको खुलालले बताए ।
खुलालले भने, `एमालेले गरेको बिकासका काम देखेर जनताले गरेको मायाले अब एमाले त आयो आयो । एमालेको जीतलाई कुनै तागतले रोक्न सक्दैन ।´ एमाले बिरोधीहरु जनता र मतदाताको बिचमा झुठो आश्वासन लिएर आउने भएकाले एमालेका योद्धाहरुले मतदाताको बिचमा रहेर त्यस्ता भ्रमलाई चिर्न समेत उनले आग्रह गरे ।
हेटौंडाको १९ वटै वडामा अब एमालेको झण्डा फरफराउने उनले दावी गरे । अब सबै जनजनमा एमाले र मनमनमा एमाले भएको पनि खुलालले बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन ।
१५ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर भोम्जनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन जनाएका हुन। नेकपा एसका नेता भोम्जनले १५ नम्बर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनका आधिकारिक उम्मेदवार नवराज घलानलाई समर्थन गरेका जनाएका छन।
“मेरो समर्थन गठबन्धनका उम्मेदवारलाई दिएको छु । वहाँहरुको जित नै मेरो जित हुनेछ”, भोम्जनले भने, “म अहिल्यैबाट वहाँहरुलाइ जिताउन लागिपर्नेछु । १५ नम्बर वडाबासीलाई गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।” गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नवराज घलानले साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भोम्जनका योजनालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार मीनाकुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँलगायतको उपस्थिति थियो । गठबन्धनको तर्फबाट हेटौंडा १५ नम्बरको वडा अध्यक्षमा नवराज घलान तथा सदस्यहरुमा लिलाकुमार घलान, बिमला सिन्तान, तुलसी विक र बीरमान घलान उम्मेदवार रहेका छन् ।
मकवानपुर । आसन्न स्थानीय तहकाे सदस्य निर्वाचन २०७९ काे चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ ।
गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो । शुक्रबार मनहरी वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा झण्डै २ सयको उपस्थिति रहेको अध्यक्षका उम्मेदवार उप्रेतीले बताए ।
मनहरी १ को चकरी, मकरी, गोगनपानी लगायतको क्षेत्रमा घरदैलो गरिएको थियो । मनहरीको सम्मृद्धिको लागि उम्मेदवारहरुले दिर्घकालिन योजना प्रतिवद्धता सहित घरदैलो कार्यक्रम गरिएको उप्रेतीले बताए । घरदैलो कार्यक्रममा वडा नम्बर १ मा एमालेका अध्यक्षका उम्मेदवार भीमसेन अधिकारी सदस्यका उम्मेदवारहरु विनामाया गोले, तारा घिमिरे, पोषक वावु विष्ट (पुष्कर), विशाल लामा थिङ लगायतको उपस्थिति थियो ।