मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले दोब्बर मतका साथ बिजय हासिल गर्ने बताएका छन । हेटौंडा १२ र १३ को चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले बिपक्षीको भन्दा दोब्बर मत ल्याएर एमालेका उम्मेदवारले जीत हासिल गर्ने दाबी गरेका छ्न ।
`एमालेको जीत पक्का भैसक्यो । अब निर्वाचनबाट औपचारिकता पूरा गरेर प्रमाणपत्र दिन मात्र बाँकी हो ।´ एमाले केन्द्रिय सल्लाहकार समेत रहनुभएका बागमतीका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले भने । `अब १ दुई सय मतले मात्र जित्ने हैन । बिपक्षीले जति मत ल्याउँछ त्यो भन्दा दोब्बर मतले एमालेले बिजय हासिल गर्छ ।´ पौडेलले दाबीका साथ भने ।
एमालेको बिजयले मात्र बिकास सम्भव भएको भन्दै आफू प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि हेटौंडा प्रदेश राजधानी कायमदेखि नगरको सबै क्षेत्रमा उल्लेख्य बिकास गरेको उनले बताए । अब सबै जनताले बिकास गर्न एमाले नै आवश्यक भएको भन्ने कुरा बुझिसकेका छन पौडेलले भने एमालेलाई पराजित गर्न योजना र सिद्धान्त नै नभएका दलहरु जनताको बिचमा भोटको लागि गैंडा र हात्ती लिएर आउन सक्ने हुँदा सजग रहन समेत आग्रह गर्द्छु।
सरकार चलाउने हैसियत नभएका र सरकार चलाउन आवश्यक पर्ने उम्मेदवार खडा गर्न नसक्ने पार्टीलाई भोट दिएर भोट खेर नफाल्न समेत मतदाताहरुलाई उनले आग्रह गरे ।
यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जीतलाई रोक्न कसैले नसक्ने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले बताएका छन । एमाले नै बिकास गर्ने, समृद्धि ल्याउने, देशलाई अगाडि बढाउने पार्टी भएको जनताले बुझेकाले अब गठबन्धनको नाममा जसले जति भ्रम फैलाउने काम गरेपनि एमालेको जीत पक्का भएको खुलालले बताए ।
खुलालले भने, `एमालेले गरेको बिकासका काम देखेर जनताले गरेको मायाले अब एमाले त आयो आयो । एमालेको जीतलाई कुनै तागतले रोक्न सक्दैन ।´ एमाले बिरोधीहरु जनता र मतदाताको बिचमा झुठो आश्वासन लिएर आउने भएकाले एमालेका योद्धाहरुले मतदाताको बिचमा रहेर त्यस्ता भ्रमलाई चिर्न समेत उनले आग्रह गरे ।
हेटौंडाको १९ वटै वडामा अब एमालेको झण्डा फरफराउने उनले दावी गरे । अब सबै जनजनमा एमाले र मनमनमा एमाले भएको पनि खुलालले बताए ।
In: राजनीति, राष्ट्रिय, स्थानीय खबर/समाज
Tags: No Comments

