मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा गठबन्धन दलका उम्मेदवारहरुले घरदैलोसँगै मतदाता शिक्षा अभियान चलाउदै आएका छन् ।
नेपाली कांग्रेस र नेकपा समाजवादीको संयुक्त निर्वाचन प्रचारप्रसार समितिले सहजकर्ता परिचालन गरी घरदैलोको साथै मतदाता शिक्षा कार्यक्रम समेत सँगै गरेका छन । २०७४ सालको स्थानीय निर्वाचनका क्रममा अधिकांश मत बदर भएपछि यसपटक गठबन्धनका उम्मेदवारहरूले घरदैलो सँगसँगै मतदाता शिक्षा कार्यक्रमलाई पनि जोड दिएका हुन् ।
सहजकर्ताहरूले मतदाताका घरदैलोमा पुगेर सही तरिकाले मतदान गर्ने बारेमा मतदातालाई सहजीकरण गर्ने नेपाली कांग्रेस १७ नम्बर वडा सभापति तथा वडा सदस्य उम्मेदवार नवराज न्यौपानेले बताए ।
यसैबीच दुईदलीय गठबन्धनले शुक्रबार वडाको विकट क्षेत्र साजबोटे, बुङ्गे, धियाले, सुकौरा लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्षका प्रत्यासी उद्धव सत्याल सहितको टोलीले चुरे क्षेत्रमा रहेका ती बस्तीहरूमा पुगी आफ्ना चुनावी प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरेका छन् ।
In: राजनीति, स्थानीय खबर/समाज
Tags: No Comments

