मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
सोमबार अपरान्नको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष माओवादीका दिपेन्द्र अधिकारी बिजयी भएका हुन। यो संगै माओवादी केन्द्रले मनहरी गाउँपालिकामा ३ वटा वडामा विजयी भएको छ ।
अधिकारीले १ सय ८९ मतान्तरले निकटतम प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र अर्याललाई पछि पर्दै विजयी भएका छन् । अधिकारीको ७ सय ६२ मत प्राप्त गर्दा कांग्रेसका अर्यालले ५ सय ७३ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेको किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका थिए ।
हाल सम्म मनहरी गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका शिब प्रसाद खनाल, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका राजकुमार पाख्रिन, वडा नम्बर ३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्रकाश थापा बिजयी भएका छन्।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरको ३ स्थानीय तहको मतगणना सकिएको छ ।
जिल्लाको १० स्थानीय मध्ये ३ स्थानीय तहको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
बाकी ७ स्थानीय तहको मतगणना जारी रहेको छ । जिल्लाको इन्द्रसरोबर गाउँपालिका,भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
इन्द्रसरोबरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडामा २ वटा वडामा जित हाँसिल गरेको छ ।
यसैगरि,भिमफेदीमा नेकपा एमालेले अध्यक्ष जित्दा गठबन्धनबाट नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ । यहाँको ९ वटा मध्ये एमालेले ५ वटा वडा जित्दा,कांग्रेस र माओवादीको गठबन्धनले क्रमशः ३ र १ वटा जितेको छ ।
यसैगरी,कैलाश गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार लोक बहादुर मुक्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी निर्वाचित भएका छन् ।
यहाँ ५ वटा वडामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र एक वडामा विजयी भएको छ ।
भीमफेदी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि
अध्यक्ष: हिदम लामा नेकपा एमाले
उपाध्यक्ष: संजिब श्रेष्ठ,गठबन्धनबाट नेपाली कांग्रेस
१ नंबर वडा अध्यक्ष: सोम बहादुर स्याङतान,नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्ष: काशी राम बज्यु,नेकपा एमाले
३ नंबर वडा अध्यक्ष: पृति लाल लामा,नेकपा माओवादी
४ नंबर वडा अध्यक्ष: सागर पाण्डे,नेकपा एमाले
५ नंबर वडा अध्यक्ष: जाहार सिं लामा, नेकपा एमाले
६ नंबर वडा अध्यक्ष: सोम बहादुर घलान,नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्ष: मित्र बन्धु सिजाली,नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्ष: विष्णु बहादुर लामा,नेकपा एमाले
९ नंबर वडा अध्यक्ष: प्रकाश पुडासैनी,नेकपा एमाले
इन्द्रसरोबर गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधि
अध्यक्ष: देव कृष्ण पुडासैनी शर्मा,नेकपा एमाले
उपाध्यक्ष: उमा कुमारी लामा, नेकपा एमाले
१ नंबर वडा अध्यक्ष: शुवास थापा मगर, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्ष: सुमन श्रेष्ठ,नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्ष: प्रताप भोम्जन,नेकपा एमाले
४ नंबर वडा अध्यक्ष: चन्द्र कुमार बल,नेकपा एमाले
५ नंबर वडा अध्यक्ष: दुत राज तितुङ,नेपाली कांग्रेस
कैलाश गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधि
अध्यक्ष: लोक बहादुर मुक्तान,गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्ष: बाल कुमार मल्ल ठकुरी,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्ष: तेज बहादुर ब्लोन,नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्ष: राजेन्द्र तामाङ घिसिङ,नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्ष: देव लाल बल,नेकपा एमाले
४ नंबर वडा अध्यक्ष: तीलक बहादुर मुक्तान,नेकपा माओवादी
५ नंबर वडा अध्यक्ष: छेकु लामा,नेकपा एमाले
६ नंबर वडा अध्यक्ष: राम बहादुर गोम्बा,नेकपा एमाले
७ नंबर वडा अध्यक्ष: उदास कुमार भोलन,नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्ष: आशिष प्रजा,नेपाली कांग्रेस
९ नंबर वडा अध्यक्ष: वन सिं घलान,नेपाली कांग्रेस
१० नंबर वडा अध्यक्ष: सूर्य बहादुर ब्लोन,नेकपा एमाले
मकवानपुर । बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा कमान सिं पाख्रिनले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पञ्चलाल भोलनलाई ७ मतले पराजित गरेका हुन् । पाख्रिनले ४ सय १७ मत ल्याउँदा भोलनले ४ सय १० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेपाली काँग्रेसका सरोज योञ्जनले १ सय ५४ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ मा १ हजार ४१ मत खसेकोमा १२ मत बदर भएको छ ।
त्यस्तै वडा सदस्यहरुमा तुल बहादुर मुक्तान,रतन बहादुर बज्यु,भगवती माया माझी निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा विष्णु माया विश्वकर्मा निर्विरोध भएकि छिन् ।
बागमती गाँउपालिकाको वडा नम्बर १ र २ मा यसअघि माओवादी केन्द्रको प्यानल नै विजयी भैसकेको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन वडाध्यक्षमा विजयी भएका छन । २ नम्बर वडाको प्राप्त मतपरिणाम अनुसार १ हजार २ सय ५८ मतसहित महर्जन वडाध्यक्षमा विजयी भएका हुन ।
महर्जनले अध्यक्षका प्रत्यासी नेकपा एमालेका हरि बहादुर राउतलाई पराजित गरेका हुन। राउतले ८ सय ६४ मत प्राप्त गरेका छन । वडाध्यक्षमा महर्जनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका छन । सबै उम्मेदवार चुनाव चिन्ह रुखबाट लडेका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार सुदीप राजवाहकले ३ सय १ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा सुदीप राजवाहक मात्रै निर्वाचित भएका थिए । यसपटक भने सत्ता गठबन्धनले वडाको नतीजा आफ्नो पक्षमा पारेको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
बकैया ८ को अन्तिम मतपरिणाम अनुसार माओवादीका विष्णु नेगी ६ सय ३३ मत प्राप्त गरि विजयी भएका हुन् उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिद्धि मन घलानलाई पराजित गर्दै विजयी बनेका हुन् । कांग्रेसका घलानले ५ सय ८२ मत प्राप्त गरे भने एमालेका राम बहादुर गोलेले ५ सत २३ मत ल्याएका छन् ।