मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
सोमबार अपरान्नको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष माओवादीका दिपेन्द्र अधिकारी बिजयी भएका हुन। यो संगै माओवादी केन्द्रले मनहरी गाउँपालिकामा ३ वटा वडामा विजयी भएको छ ।
अधिकारीले १ सय ८९ मतान्तरले निकटतम प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र अर्याललाई पछि पर्दै विजयी भएका छन् । अधिकारीको ७ सय ६२ मत प्राप्त गर्दा कांग्रेसका अर्यालले ५ सय ७३ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेको किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका थिए ।
हाल सम्म मनहरी गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका शिब प्रसाद खनाल, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका राजकुमार पाख्रिन, वडा नम्बर ३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्रकाश थापा बिजयी भएका छन्।
