मकवानपुर । बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा कमान सिं पाख्रिनले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पञ्चलाल भोलनलाई ७ मतले पराजित गरेका हुन् । पाख्रिनले ४ सय १७ मत ल्याउँदा भोलनले ४ सय १० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेपाली काँग्रेसका सरोज योञ्जनले १ सय ५४ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ मा १ हजार ४१ मत खसेकोमा १२ मत बदर भएको छ ।
त्यस्तै वडा सदस्यहरुमा तुल बहादुर मुक्तान,रतन बहादुर बज्यु,भगवती माया माझी निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा विष्णु माया विश्वकर्मा निर्विरोध भएकि छिन् ।
बागमती गाँउपालिकाको वडा नम्बर १ र २ मा यसअघि माओवादी केन्द्रको प्यानल नै विजयी भैसकेको छ ।

