मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन वडाध्यक्षमा विजयी भएका छन । २ नम्बर वडाको प्राप्त मतपरिणाम अनुसार १ हजार २ सय ५८ मतसहित महर्जन वडाध्यक्षमा विजयी भएका हुन ।
महर्जनले अध्यक्षका प्रत्यासी नेकपा एमालेका हरि बहादुर राउतलाई पराजित गरेका हुन। राउतले ८ सय ६४ मत प्राप्त गरेका छन । वडाध्यक्षमा महर्जनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका छन । सबै उम्मेदवार चुनाव चिन्ह रुखबाट लडेका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार सुदीप राजवाहकले ३ सय १ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा सुदीप राजवाहक मात्रै निर्वाचित भएका थिए । यसपटक भने सत्ता गठबन्धनले वडाको नतीजा आफ्नो पक्षमा पारेको छ ।
