मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक जारी छ । शुक्रबारको बैठकमा प्रदेश आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलले प्रि वजेट पेश गरपछी समामुख सानु कुमार श्रेष्टले आज विहान ११ वजे सम्मको लागि बैठक स्थगित गरेका थिए ।
विहान ११ वजेको लागि बोलाइएको प्रदेश सभाको दशौं बैठक केही ढिला सुरु भएको थियो । बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष दलका सांसद तथा सत्ता पक्षिय सांसदले आआफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरित बाँढेको बताएका छन् ।
शनिबार बागमती प्रदेश सभामा बोल्दै उनले संसद हुँदा हुँदै चल्ने सक्ने अवस्था हुँदा हुँदै पनि प्रदेश सरकारले संसदलाई छलेर निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाए । उनले २३ सय योजना बाढ्दा पनि गठबन्धन प्रदेश सरकारले चालु वर्षको पुजिगत खर्च २८ प्रतिशत भन्दा माथि जान नसकेको बताए ।
ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गरे । बागमती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ ? प्रश्न गदै उनले भने यि सबैको भरणपोषण गर्दा बिउ कहाँबाट ल्याउनु, मल कहाँ बाट ल्याउनु ?
उनले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गरे । उनले प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गरे । उनले पेट्रोलियम पर्दाथको मूल्य बढीरहेको अवस्थामा अघिल्ल्लो प्रदेश सरकारले विद्युतिय सवारी साधन चलाउन योजना ल्याउँदा अहिलेको सरकारले वेवास्था गरेको बताए ।
यसैगरी बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको उद्देश्य सत्ता हत्याउने भन्दा पनि प्राप्त उपलब्धीहरुलाई जोगाउने बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामा भाग लिँदै पुलामीले नेपाली जनताले प्राप्त गरेको उपलब्धी, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन गरिएको बताए ।
‘यहाँ गठबन्धन किन गरियो भन्ने पनि प्रश्न आयो । हाम्रो उद्देश्य सत्ता हत्याउने होइन, उपलब्धी जोगाउने हो । यो त सुरुवात मात्रै हो । हेर्दै जानुहोला, जनताले प्राप्त गरेको उपलब्धी रक्षाको लागि हामी निरन्तर लागिरहनेछौँ ।’ उनले भने ।
उनले सरकारले ल्याएको प्रि बजेटमाथि प्रतिपक्षीले विरोध गर्नकै लागि विरोध गरेको बताए । ‘ विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता मैँले पनि पढेको छु । यसमा महिला विकासमा पहिला, बा र आमा हाम्रा, भगवानभन्दा पनि राम्रा भन्ने भाव झल्किएको छ ।’ उनले भने ।
यसै गरी विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै पौड्यालले प्रदेश सरकारको बजेट खर्च गर्न नसकेका कारण योजनहरु प्राथिमिकतामा पर्न नसकेको बताए । उनले सरकारले बजेट खर्च गर्न नसक्नुको कारण खोज्नुपर्ने अवस्था आएकोले त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सरकारले ११ महिनाको अवधिमा वार्षिक बजेटको आधा रकम मात्रै खर्च गर्ने गरेको र आर्थिक वर्षको अन्तिममा असर महिनामा मात्र आधा बजेट खर्च गर्नुपर्ने बध्यता रहेको उनले बताए । ‘विगतमा हामीसँग एकल बहुमतको सरकार थियो । त्यसले पनि काम गर्न सकेन । अहिले गठबन्धनको सरकार छ । त्यसले पनि काम गर्न नसकेको प्रष्ट छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’ उनले भने, ‘हामीले मन्त्रालय विभाजन गर्दां पनि काम गर्न सकेनौ । यसबारेमा हामीले गम्भिर समिक्षा गर्नुपर्छ ।’
उनले विगतदेखि नै विभिन्न बहानामा बजेट खर्च गर्न नसकेको र हरेक वर्ष बजेट र त्यसका प्राथमिकता मात्र प्रस्तुत गरेको बताए । कर्मचारीके अभावले हामीले बजेट खर्च गर्न सकेनौँ भनि रह्यौ । कर्मचारी अभावलाई कहिलेसम्म बहाना गर्ने । त्यस विषयमा पनि सोच्नुपर्ने देखिएको छ । बागमती सरकारले चालु आवमा पुँजीगत तर्फ २८ र चालु तर्फ ४१ प्रतिशत बजेट खर्च गरेको छ । आगामी १ महिनामा त्यसलाई जसोतसो ७० प्रतिशत बनाइन्छ । यो हाम्रो ठूलो समस्या हो ।’ उनले भने ।
यसैगरी बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको बताएकी छिन् । प्रदेश सभामा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि प्राथमिकता माथि छलफलमा भाग लिँदै उनले सरकार हराएकाले टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताइन् ।
उनले जनताले सरकारको महशुससमेत गर्न नसकेको बताइन् । नेतृ शाक्यले सरकारले जनताको जीवनलाई सहजता प्रदान गर्नुपर्ने भएपनि त्यसतर्फ काम गर्न नसकेको बताइन् ।
विगत ५ वर्षको अवधिदेखि सरकारको बजेट र प्राथमिकताको विषयमा धेरै कुराहरु आए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । उनले सरकारको कमजोरी हाम्रा वरपर भइरहेको अस्वभाविक विकासको प्रणालीले प्रष्ट पारेको बताइन् ।
‘जनताले सरकार भेटेका छैनन् । त्यसको प्रमाण काठमाडौं–हेटौंडाको बाटोमा हेर्दा हुन्छ ।’ उनले भनिन्, ‘प्रदेश सरकार टर्च बालेर खोज्नुपर्ने अवस्था आएको छ । विगत ५ वर्षमा सरकारले कति काम ग¥यो त्यसको समिक्षा गर्नुपर्ने उनले बताइन् ।
विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल जारी रहेको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रबाट ३, नेपाली कांग्रेसबाट २ र स्वतन्त्रबाट १ जना कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालय बकैयाले जनाएको छ ।
माओवादीबाट महिला सदस्यतर्फ दिपकुमारी विश्वकर्मा, राजकुमारी भोम्जन र दलित तथा अल्पसङख्यकमा लक्ष्मीमाया माझी निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यतर्फ कांग्रेसकी सावित्री सेराली र सरिता माया जिम्बा निर्वाचित भएका छन् भने दलित तथा अल्पसङख्यकमा स्वतन्त्रबाट लोकेन्द्र बहादुर माझी विजयी भएका छन् । यससंगै बकैया गाउँपालिकाको गाउँ कार्यपालिकाले पुर्णता पाएको छ ।
नेकपा एमालेले कार्यपालिका सदस्यमा महिला ४ र दलित तथा अल्पसङख्यकमा २ जनालाई उम्मेदवार बनाएको थियो । बकैयाको गाउँ कार्यपालिकामा कुनै पनि पार्टीको एक्कल बहुमत छैन । गाउँसभामा सबैभन्दा ठुलो दल बनेको कांग्रेसले आफ्नो बहुमत पुर्याउन सकेन । २० सदस्यीय कार्यपालिकामा कांग्रेस र माओवादीबाट ८–८, एमालेबाट ३, स्वतन्त्रबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।
जहाँ बहुमतको लागि कम्तिमा ११ सदस्यको आवश्यकता पर्छ । गठबन्धन दल कांग्रेस र माओवादीको जोड्दा दुई तिहाई नै(१६ जना सदस्य) हुन्छ । बकैयाको ६२ सदस्यीय गाउँसभामा सबैभन्दा बढी नेपाली कांग्रेसको २८ जना, एमालेको २० जना र माओवादीको १४ जना प्रतिनिधि रहेका छन् ।
हालै सम्पन्न स्थानीय चुनावमा गठबन्धनबाट कांग्रेसले गाउँपालिकाको अध्यक्षसहित ५ वडाअध्यक्ष जित्दा माओवादीले उपाध्यक्ष सहित ४ वटा वडा जितेको थियो भने एमालेले ३ वटा जितेको थियो ।
मकवानपुर । बागमती प्रदेश सभा दशौँ अधिवेशनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेश भएको छ । प्रदेश सभाको आजको दोस्रो बैठकमा प्रि बजेट पेश भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक भोलि विहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । भोलि बस्ने बैठकमा प्रि बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस अघी आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । प्रदेश सभाको अधिवेशन नचलेको समयमा सरकार संचालनको लागि अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएको थियो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ सभामा पेश गरेका हुन् ।
त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ पेश गरे । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका छन् । सरकारले सभा संचालन नभएको समयमा ल्याएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । सदनबाट पास नभए अध्यादेश कानुन वन्न नसक्ने कानुनी व्यवस्था रहेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत गरिने भएको छ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछन ।
प्रदेशसभा सचिवालयमा विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने पहिलो बैठकमा प्रदेश प्रमुख शर्माले आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
जेठ १६ गतेनै बस्ने दोसो बैठकमा सभामा प्रस्तुत नीति कार्यक्रम मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।
नीति तथा कार्यक्रममाथि जेठ १८ गते सभामा छलफल हुनेछ । सोही दिन नीति कार्यक्रम माथी सभामा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
मकवानपुर । बागमती प्रदेश सभा बैठक जेठ १३ गते शुक्रबार (भोलि) बस्ने भएको छ । प्रदेश सभा भवन हेटौंडामा बस्ने बैठकमा ५ वटा अध्यादेश पेश हुने कार्यसुची रहेको छ ।
विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश हुने भएका छन् । यसै गरि प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
यी अध्यादेशहरु संसद संचालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।