मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वार्षिक विवरण सार्वजानिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कामहरुको तथ्याङगत विवरण सार्वजानिक गरेको हाे ।
भ्रष्ट्राचार न्यूनिकरणको लागि सहकार्य सम्वन्धी छलफलमा आयोगका उपसचिव एंव सुचना अधिकारी विष्णुप्रभा सापकोटाले वार्षिक १३ हजार भन्दा बढी उजुरी दर्ता भएकाे जानकारी दिए । सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी दिएका थिए ।
सापकाेटाका अनुसार आयाेगकाे हेटाैडा कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका उजुरी १३ हजार ५६ तथा आर्थिक वर्ष २०७७/७८ काे फर्छ्यौट हुन नसकी जिम्मेवारी सारिएकाे बाँकी ८ हजार ९३ उजुरी रहेका छन् । आयाेगकाे हेटाैडा कार्यालयमा दर्ता भएका उजुरीमध्ये १३ हजार १ सय ६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताए ।
‘आयोगले चालु आर्थिक वर्षमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे छ’ सापकाेटाले भने– ‘उक्त मुद्दाहरूमा ४ सय ६३ जना व्यक्तिलाई प्रतिवादी बनाईएको छ ।’ विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णयबाट २ अर्ब ५४ करोड ४७ लाख ६ हजार ४४ रुपैयाँ बिगो मागदाबी गरिएकाे उनले बताए । विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे ९० वटा मुद्दा मध्ये राष्ट्रसेवक कर्मचारी २ सय २२ जना, निर्वाचित र मनोनित पदाधिकारी १ सय जना, मतियारहरुमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १ सय ४० जना रहेका छन् ।
आयोगमा सार्वजनिक खरिद, निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेकाे बताइएकाे छ । सापकाेटाले सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी उजुरी प्रायः दर्ता हुने गरेकाे बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु समेत दर्ता भएको सापकोटाले बताए ।
कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गरेका छन् । उनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारवाही गरि भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागि रहने बताए ।
मकवानपुर । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे हेटाैडा कार्यालयमा हेटाैडा उपमहानगरपालिकाकाे उजुरी बढी परेकाे छ । मकवानपुरका १० स्थानीय तह मध्ये उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०७८।०८९ मा धेरै उजुरी परेकाे अख्तियार हेटाैडा कार्यालयले जनाएकाे छ । आर्थिक वर्ष २०७७।०७८ मा भन्दा गत आर्थिक वर्षमा धेरै उजुरी परेका हुन् ।
मकवानपुर अन्य स्थानीय तह मध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले जानकारी दिए । आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८।०७९ मा १ सय २४ वटा उजुरी परेका जानकारी गराइएकाे हाे । उपमहानगरपालिका सम्बन्धी आर्थिक वर्ष २०७७।०७८ मा ४५ वटा मात्र उजुरी परेका अख्तियारले जनाएकाे छ ।
यसैगरी विगत २ वर्षमा हेटाैडा पछि धेरै उजुरी परेका स्थानीय तहमा मनहरी गाउँपालिकाको ४२ वटा, बकैया गाउँपालिकाको २१ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा, कैलाश गाउँपालिकाकाे १२ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, थाहा नगरपालिकाकाे ८ वटा बागमती गाउँपालिकाको ६ वटा र इन्द्रसराेवर गाउँपालिकाकाे ४ वटा दर्ता भएकाे सूचना अधिकारी सापकोटाले बता ।
परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । हेटाैडा १७ हटिया कठायत चोकस्थित धरान चतरा सडकखण्डमा बोलेरोले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको मकवानपुर प्रहरीले बताएकाे छ ।
सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा हेटाैडा १८ ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । बाेलेराे चालक फरार रहेकाेमा खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
जय मनाकामनाः हेटौडाबाट नजिकै रहेकाे मनकामना मन्दिर गढी गाउँपालिका वडा नम्बरमा अवस्थित छ । याे मनकामना गोरखा मनकामनाको कान्छी बहिनी हो भनिन्छ । मनोकामना पुरा हुने यस मन्दिर हिन्दुहरुको आस्थाकाे पवित्र मन्दिर मानिन्छ । यहाँ जान पहिले सिढीबाटाे थियाे । हाल स्लाब ढलान सहितको सवारी चल्ने सडक बनेकाे छ । करिब ३० मिनेटकाे उकालो पार गरेपछी मन्दिरमा पुग्न सकिन्छ । दैनिक याे बाटोमा मर्निङवाकमा सयौं मानिस हिड्ने गर्छन् । मन्दिर डाडाँकाे टुप्पोमा रहेको छ जहाँबाट हेटौंडा सहर आसपासको मनोरम दृश्य हेर्न सकिन्छ । तस्विरहरु आरपी गुरागाईं/सहीखबर
