शुष्मा थापा
मनका कुरा पोख्न मन बाल्नु पर्छ ।
एउटा मैनबत्ती झै मन पगाल्नु पर्छ ।
सल्किनु पर्छ,जल्नु पर्छ प्रकाश दिन
मन बुझ्ने भए मन खोल्न थाल्नु पर्छ ।
तर कहाँ भेटिन्छ र?मन खाने मान्छे
मनका कुरा मन मै छोपी सगाल्नुपर्छ ।
यथार्थ बुझ्ने अब कथा कहानी मै रहे
विचार गरी गरी पाइला चाल्नु पर्छ ।
अन्यथा सोचको बिगी बिगी चौतर्फी
आफैले आफैलाइ जे जसरी सम्हाल्नुपर्छ ।
सोचको खोच बनाउछन् फुर्सदमा सबै
बन्धन पन्छाएर नयाँ मोडमा ढाल्नुपर्छ ।
कसको कसलाइ परवाह यो भीडमा
आफ्नो मनलाइ आफ्नै हातले टाल्नुपर्छ ।
पोखरा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान बकैया-५ तीनतलेमा ना ७ च ५०७२ नम्बरको खाली ट्याक्टरबाट खसेर स्थानीय २३ वर्षीय सुमन लोको मृत्यु हाे । ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका लोको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले यात्रुबाहक बसमा हतियार सहितको गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले प्रहरीकाे पर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वको बेलामा हुन सक्ने घटनालाई रोक्न हतियार सहितकाे गस्ती सुरु गरेकाे हाे ।
मकवानपुर हेटौंडा १० बसपार्कबाट पूर्व पश्चिम रुटमा चल्ने यात्रुबाहक बसहरुमा हतियार सहितको गस्ती सुरु गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट मकवानपुरकाे पश्चिम सिमाना लाेथर र दक्षिण सिमाना चुरियामाई मन्दिरसम्म हतियार सहितकाे गस्ती प्रहरीले गरेकाे ।
प्रहरीले दिवा सेवाको बस जाँच गर्नुका साथै रात्री बसमा हुन सक्ने लुटपाट तथा डकैतलाई मध्ये नजर गरी गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । ‘रात्रिकालीन बसहरुमा हेटौंडाको चुरियामाईदेखि मनहरीको लोथरसम्म हतियार सहित प्रहरी टोलीले गस्ती गर्ने’ जिल्ला प्रहरी प्रमुख वामदेव गौतमले बताए । गस्तिमा रहेका प्रहरीले शंकास्पद गतिविधि गर्ने वब्यक्तिलाई तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्ने प्रहरीको भनाई छ ।
लागूऔषध प्रयोग गरेका चालकहरु नियन्त्रणमा
यसै बीच मकवानपुर प्रहरीले लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालक नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १ तिरतिरे धारास्थित सडक खण्डमा हेटौडा–भिमफेदी–काठमाडौं रुटमा चल्ने बिभिन्न साना तथा ठुला सवारी साधनहरुलाई रोकी चालकहरलाई आकष्मिक जाँच गरेको थियो ।
प्रीति आत्रेय ज्ञवाली
१.
घरको बारीमा, केरा पसाएको छ
त्यस्तै अम्बाले, घर बसाएको छ
घर कैले आउने, भन्नुहुन्छ बा-आमा,
के गरौँ विदेशमा, आँखा रसाएको छ ।
२.
पितृ-पुर्खाको आदर्श, एवं संस्कारमा बाँचिँदैछ
त्यस्तै सन्तानको सुखद्, भविष्य निम्ति लागिँदैछ
यसैगरी समय बितिगयो, बित्दैछ र सकिँदै जान्छ,
साँचेका कुरालाई पूर्णता दिन, हर्दम पाइला चालिँदैछ।
३.
जति जे भनेपनि मन पर्छ, आफ्नै चाड र भाषा भेष
विकसित नभएपनि रमाइलो, लाग्छ आफ्नै घर देश
मन यो सधैँ लोभिन्छ है, आफ्नै संस्कार र संस्कृतिमा,
समयको यो खेलमा कहिले विदेश कहिले देश प्रवेश ।
४.
नहोस् कुनै कुराले पनि, तिम्रो त्यो मन कहिल्यै भरङ्ग
फैलिऊन् तिम्रा तन~मनमा, सधैँ सुख र खुशीका तरङ्ग
नझरून् आँसु तिनी आँखाबाट, झरे पनि खुशीकै झरून्,
प्रीतिले प्रीतिकै भावले, शुभकामना व्यक्तिएँ छर्दै उमङ्ग ।
बुटवल हाल कम्बोडिया