मकवानपुर । प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘ह्यारी कि प्यारी’को युनिट कलाकार सहित मोफसल यात्रामा निक्लिएको छ । उनीहरुले शनिबार नेपालगजबाट मोफसल यात्रा सुरु गरेका हुन् । नेपालगंज पछि ‘ह्यारी कि प्यारी’काे यात्रा चितवनबाट औपचारिक रुपमा अगाडी बढ्दै साेमबार हेटाैडामा आइ पुगेकाे छ ।
मोफसल यात्रामा यो चलचित्रका निर्देशक डा. कपिल रिजालसंगै कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायत छन् । डा. रिजालसहितको यो टिम साेमबार बागमती प्रदेशकाे राजधानी सुन्दर नगरी हेटौडा आइ पुगेकाे हाे ।
फिल्मका कलाकारसँगै यो मोफसल यात्रामा चलचित्रका गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सोमबार हेटौडाबाट जोडिएका छन् । चलचित्रकाे प्रचारकाे लागि हेटौडामा गायकहरुकाे प्रमाेसन प्रस्तुती रहेकाे थियाे ।
७ माघसम्म जारी रहने यो यात्रामा बेनी, बुटवल, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर यो चलचित्रको कन्सर्ट गर्दै मोफसल यात्रा उनीहरुले सम्पन्न गर्ने बताइएकाे छ ।
साेमबार चलचित्र ‘ह्यारी कि प्यारी’को टिमले हेटौडामा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएको छ । चलचित्रका निर्देशक डा कपिल रिजालले चलचित्र ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गते देखी प्रर्दशनमा आउने बताएका छन् । निर्देशक रिजालले आफनो पहिलो प्रयासलाई दर्शकहरुले मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।
पहिलो चलचित्र भएकाले लगानीका हिसाबले पनि धेरै भएको बताउदै चलचित्र विभिन्न भाषामा डविङ गरिने उनले बताए । नेपालमा नेपाली भाषामा चलचित्र प्रर्दशन हुने समेत उनले बताए । पत्रकार सम्मेलनमा कलाकार जितु नेपालले चलचित्र ‘ह्यारी कि प्यारी’फरक चलचित्र बनेको बताएका छन । आफूले अभिनय गरेका चलचित्र भन्दा फरक विषय उठान चलचित्रमा गरीएको उनले बताए । उनले यो चलचित्रमा आफू मुख्य भूमिकामा रहेको बताउदै चलचित्रमा ‘ह्यारी को भुमिकामा देखिने बताए ।
चलचित्रका बारेमा बोल्दै नायिका साम्राज्ञी आरएल शाहले कमेडी वेशको चलचित्रमा काम गर्ने अवसर पाएको र चलचित्र राम्रो बनेको बताईन । आफूलाई फरक खाले कथाका चलचित्रमा अभिनय नगरेको भन्ने भनाईलाई चलचित्रले निस्तेज पार्ने उनले बताईन । चलचित्रका कलाकार विजय बरालले जितु र आफू काका भतिजको भुमिकामा रहेकोले हाम्रो जोडीलाईमन पराउनेमा विश्वस्त रहेको बताए । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खडकाको अध्यक्षतामा भएको थियो ।
निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयमको लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।
मकवानपुर । संकटा क्लब मकवानपुरमा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटाले मकवानपुर –११ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
संकटाको लागि खेलको पहिलो हाफको १६ औ र दोस्रो हाफको १७ औं मिनेटमा एण्डिभ थेरी वियेकले १/१ गोल गरेर जीत सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच संकटाकै एण्डिभ थेरी वियेक भएका छन् । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।
संकटाले भुटनीज युथ स्पोर्टस् क्लबसंग माघ ३ गते फाइनल खेल खेल्नेछ । शनिबारको पहिलो सेमिफाइनल खेलबाट भुटनिज युथले जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

मलाई सधैं जून बिनाको रात अधुरो लाग्छ
भँवरा हैन फूल बिनाको पात अधुरो लाग्छ
भोक छैन पेटमा रत्ति चैन छैन मनमा
तिमी साथ नहुँदा हर बात अधुरो लाग्छ
पानी काट्यो समाजले अछुत भनि तिमीलाई
मलाई तिम्रो थर बिना जात अधुरो लाग्छ
न आफ्नो भन्न सक्छु न पराई नै मान्न सक्छु
तिम्रो मौन स्वीकृतिको घात अधुरो लाग्छ
हरेक साँझ मन्द जहर पिउन थालेकी छु
नशाको विहोशीमा पनि मात अधुरो लाग्छ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ज्येष्ठ नागरिक अनुभव तथा ज्ञानको खानी भएको बताएका छन ।
हेटौंडा १५ मा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलको सातौ वार्षिक साधारणसभामा प्रमुख अतिथि उनले उक्त कुरा बताएका हुन । प्रदेश प्रमुख शर्माले उमेरले पाका नागरिकले समाजका लागि आफ्ना ज्ञान बाँड्ने भएकाले उनीहरुको सम्मान तथा विशेष हेरचाह गर्नु आवश्यक रहेको बताए । दिव्यसेवा निकेतन आश्रम पाका नागरिकको सेवामा समर्पित भएकोप्रति प्रमुख शर्माले प्रसंशा गर्दै बधाई समेत दिएका छन ।
कार्यक्रममा आश्रमका अभिभावक एवं पूर्व सांसद केदारप्रसाद न्यौपाने, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, मकवानपुरका जिल्ला न्यायधिस ऋषिराम निरौला, नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाईं, सामाजिक अभियन्ता यादव गजुरेल, ज्येष्ठ नागरिक संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देल, गैर सरकारी संस्था महासंघका बागमती प्रदेश समितीका उपाध्यक्ष कमल कुमार विश्वकर्मा, ज्येष्ठ नागरिक दिव्य सेवा निकेतन आश्रयस्थलका केन्द्रीय अध्यक्ष तेजराज निरौला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
मकवानपुर । पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगितामा भुटनिज युथ स्पोट्स क्लब फाइनल प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ गोल्डकप अन्तर्गत शनिबारको पहिलो सेमिफाइनल खेलबाट भुटनिज युथले जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
भुटनिज युथ स्पोर्ट्स क्लबको जितका लागि प्रविन बस्नेतले ३४ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच भुटनिजका प्रबिन बस्नेत नै घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । अब भुटनिजले आइतबार संकटा क्लब र मकवानपुर–११ बिच हुने दोस्रो सेमिफाइनलमा विजयी टिमसंग उपाधिका लागि भिड्नेछ ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।