मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे छुट्टाछुट्टै स्थानमा २ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरको हेटौंडा उपमहानगर ४ स्थित कमलडाँडामा घाइते अवस्थामा फेला परेका १ पुरुषको मृत्यु भएको हाे भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार स्थानीय उत्तम उप्रेतीको घर नजिकै टाउकोमा चोट लागेको अवस्थामा फेला परेका नामथर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार घाइते फेला परेका पुरुषको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हाे ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सन्त बहादुर भोलनकाे मृत्यु भएकाे हाे । शनिबार विहान हेटौंडा-५ राईटोलबाट मकवानपुर गढी गाउँपालिका ४ स्थित मनकामना मन्दिर जाने बाटोको जंगलमा परिचय नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएकाे थियाे । शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त शव भिमफेदी गाउँपलिका ६ देउरालीका अन्दाजी ३७ वर्षिय सन्त बहादुर भोलनकाे भएकाे निजको बुबाले सनाखत गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । मृतकको शव हेटौडा अस्पतालमानै रहेको तथा घटनाको अनुसन्धान भइरहको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबकाे पाेल्टामा परेकाे छ । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधी हात पारेकाे हे ।
एपीएफले आर्मीलाई पहिलाे सेट २५–२० ले हराउँदा दाेस्राे सेट १७–२५ ले गुमाएकाे थियाे । यसैगरी बाँकी दुई सेट लगायता २५–१७ र २९–२७ ले एपीएफलेले जीतेकाे हो । प्रतियाेगिताकाे उपाधीसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा हाल पारेकाे छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
शुक्रबार भएको सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सान्त्वना पुरस्कार पुलिस र गण्डकीले ५०–५० हजार रुपैयाँ प्राप्त गरेको छ । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा गत जेठ १६ गतेबाट संचालन भएकाे प्रतियोगिता राष्ट्रिय र माेफसलका गरी १० टिमले सहभागिता जनाएका थिए ।
मकवानपुर । हेटौंडामा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तादान गरेका छन
विश्व वातावरण दिवस २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा र वडा समन्वय समिति हेटौंडा १९ को संयुक्त आयोजनामा हेटौंडा–१९ मा आोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन।
वडा समन्वय समितिका अध्यक्ष देवेन्द्र अर्यालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुबेढीको प्रमुख आतिथ्यता र टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो ।
सरस्वती पौडेल
आज किन चिसो भयो सिरानीमा फेरि ।
एउटै पात्र दोहोरियो कहानीमा फेरि ।
सधैं उस्तै बराबरी, उस्तै आगै आगो,
न त नाफा न भो घाटा लगानीमा फेरि ।
पात जस्तै सुकेर जाने हो यो फूलपनि ,
कतिन्जेल अडान लिन्छौ जवानीमा फेरि ।
नियतीले दुनियाँलाई मथिरहन्छ ठेकिभित्र,
एकदिन घुम्दै आउनै पर्छ मदानीमा फेरि ।
बेहिसाब मन दुखाइरहे तिम्रा यादहरु ले,
आइरहन्छ झ झल्को हावा पानीमा फेरि ।
भरतपुर चितवन
मकवानपुर । हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच हुने भएकाे छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघ हेटौंडाको आयोजनामा भएकाे प्रतियाेगिता अन्तरगत शुक्रबारकाे सेमीफाइनल खेलबाट नेपाल आर्मी र एपीएफ फाइनल प्रवेश गरेका हुन् ।
सेमिफाइनलमा नेपाल आर्मीले नेपाल पुलिस र एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हाे । आर्मीले २५–१९ ले पहिलाे सेट जित्दा दोस्रो सेट २५–२३ ले पुलिसले जितेकाे थियाे । तेस्रो र चौथो सेट आर्मीले सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । खेलकाे म्यान अफ द म्याच आर्मीका सनोज चौधरी घोषित भएका थिए ।
यसैगरी शुक्रबारकाे दाेस्राे सेमिफाइनलमा एपीएफले गण्डकीलाई हराउँदै फाइनल यात्रा तय गरेकाे हाे । पहिलो दुई सेटमा हार व्यहाेरेकाे एपीएफले बाँकी ३ सेट लगातार जितेकाे थियाे । खेलको म्यान अफ द म्याच एपीएफका सुवास कुँवर घोषित भए ।शनिबार विहान प्रतियाेगिताकाे फाइनल खेल हुने आयाेजक मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य सहयोग हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद बिकास परिषद, हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय र १९ नम्बर वडा कार्यालय सहयोग रहेको सिटौलाले बताए ।
प्रतियोगिता सह–आयोजक हेटौंडा उपमहानगरपालिका भलिबल संघ, थाहा नगरपालिका भलिबल संघ, भिमफेदी गाउँपालिका भलिबल संघ र मकवानपुर गढी गाउँपालिका भलिबल संघ रहेका छन् । मकवानपुर जिल्ला खेलकुद समिति र नगर खेलकुद बिकास समितिको समन्वयमा प्रतियोगिता संचालन भएको उनले जानकारी दिए ।
