मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे छुट्टाछुट्टै २ स्थानबाट लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका बाट २ जना र हेटौंडा–१५ रातोमाटेबाट २ जनालाई गाँजा १९२ किलो सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बुधबार दिउँसो हेटौंडा–१५ स्थित प्रहरी चौकी रातोमाटेकाे प्रहरी टोलीले १ सय ७५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३ ००१ च १५८४ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्दा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । प्रहरीले लागूऔषधसहित गाडी चालक बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र बकैया–११ का २४ वर्षीय सुशील भोलनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लामा र भोलनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी प्रहरी मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट २ जनालाई १७ किलो ६ सय ग्राम गाँजासहित पक्राउ गरेको हाे । उक्त स्थानमा शंकास्पद रुपमा हिडिरहेका पर्सा जिल्लाको पर्सागढी नगरपालिका–८ का ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी नगरपालिका–१ का ३२ वर्षीय रामनारायण रामलाई उक्त परिमाणकाे गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई सहनी र रामलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा तिनतले घुम्ती स्थित धरान चतरा सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नं. को बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
घाइतेलाई प्रहरीले उद्दार गरी उपचारको लागी हेटौडा सहकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। ३७ जना सवार रहेको उक्त बस सडकबाट अंदाजी ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक हेटौडा-१२, पदमपोखरीका ४५ वर्षीय टिकाराम लामा प्रहरीको नियन्त्रणमा रहेको छ। सबै घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।
घाइतेहरुको विवरणः
१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ सरस्वती टोल बस्ने बर्ष अं. २५ की सिर्जना तामाङ बाया खुट्टामा दुखाई अवस्था सामान्य
२.ऐ.ऐ. बस्ने बर्ष अं. ३६ की लक्ष्मी तामाङ टाउकोमा दुखाई अवस्था सामान्य
३.ऐ.ऐ. बस्ने लक्ष्मी तामाङकी छोरा अं. बर्ष १८ को दिकेश तामाङ बाया खुट्टा र टाउकोमा दुखाई अवस्था सामान्य
४.जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा.१ एक्लेखेत बस्ने अं.३१ की सुना तामाङको बाया कान र छातिमा दुखाई अवस्था सामान्य
५.ऐ.ऐ.सुना तामाङकी छोरी अं.१३ की रुपिया तामाङ दाहिने हातमा भित्री चोट अवस्था सामान्य
६.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ३ बसामाडी बस्ने वर्ष अं. ३० को मनोज तामाङको कुममा भित्री चोट अवस्था सामान्य
७. ऐ.ऐ. ३ सरस्वती टोल बस्ने बर्ष अं.३१ को धन ब.तामाङको दाहिने खुट्टामा सामान्य चोट
८. ऐ.ऐ. बस्ने धन ब. तामाङको श्रीमती बर्ष अं. २८ की माया तामाङको घाटी र कम्बरको भाग दुखेको सामान्य
९.ऐ.ऐ.बस्ने धन ब.तामाङको छोरा बर्ष अं. १७ को दिप तामाङको कम्बर र टाउको दुखेको अवस्था सामान्य
१०. ऐ.ऐ. बस्ने बर्ष अं. २८ को शंखर तामाङको निधारमा चोट र दाहिने खुट्टामा चोट अवस्था समान्य
११.ऐ.ऐ. बस्ने बर्ष अं. २५ को राजिन तामाङको टाउकोमा चोट दाहिने गाला सुनिएको सामान्य
१२.ऐ.ऐ. बस्ने राजिन तामाङको श्रीमती बर्ष अं. २३ की सुष्मा तामाङको बाया करङ दुखेको अवस्था सामान्य
१३.ऐ.ऐ. बस्ने राजिन तामाङको छोरी बर्ष अं. ५ की दिप्सी तामाङको दाहिने गालामा चोट अवस्था सामान्य
१४.ऐ.ऐ.बस्ने लिला ब. तामाङको छोरी बर्ष अं. ११ की सुहाना तामाङको छाति दुखेको अवस्था सामान्य
१५.ऐ.ऐ.३ बसामाडी बस्ने उमेश पाख्रीनको श्रीमती बर्ष अं.४४ की रिता पाख्रीनको टाउको र कम्बरको भाग दुखेको मध्यम
१६. ऐ.ऐ. बस्ने बर्ष १९ की समिक्षा तामाङ छाति दुखेको अवस्था सामान्य
१७.ऐ.ऐ. बस्ने वर्ष अं. ४१ को जित बहादुर तामाङको बाया खुट्टामा चोट अवस्था सामान्य
१८.ऐ.ऐ. बस्ने वर्ष अं. ५५ को राम ब. तामाङ दाहिने हातमा भित्री चोट नाक दुखेको अवस्था सामान्य
१९. ऐ.ऐ. बस्ने बर्ष अं. ७२ की मंगली माया तामाङको घाटी र बाया हातको पातो दुखेको अवस्था सामान्य
२०.जिल्ला मकवानपुर भिमफेदी गा.पा. ५ सुपिङ बसने सम्झना रुम्बाको बाया हातमा भित्री चोट अवस्था सामान्य
२१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१२ हात्तिगौडा बस्ने बर्ष अं.४४ की सानुमाया मोक्तानको कम्बरको भाग दुखेको सामान्य
२२. ऐ.ऐ.सानुमाया मोक्तानको छोरी बर्ष अं. १७ की अमिषा मोक्तानको दाहिने खट्टा,हात र कम्बरमा चोट अवस्था सामान्य
* जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपडेट गराए अनुसार सम्पादन गरिएको । सम्पादक
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा लडेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा हेटौडा ६ कल्याणटार बस्ने उद्वव राई रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
२८ वर्षीय राई मंगलबार बेलुका घरको शौचालयवाट निस्कने क्रममा लडैर बेहोस भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा सोमबार बेलुका नै डाक्टरले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार राईकाे शव अस्पताल मै रहेकाे तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा १८ मा लगाइएकाे धानकाे कुन्यु । कृषकहरुकाे लागि असोज महिनादेखि मंसिरसम्मको समय धान थन्काेमन्काे लगाउने अत्यन्त व्यस्त समय हो । कृषकहरुले असोज/कार्तिक महिनामा पाकेको धान काटेपछि केही दिन सुकाएर त्यसलाई कुन्यो लगाएर केही समयपछि दाइ हालेर धान परल छुट्याउने र थन्काउने गर्दछन् । केही स्थानमा काटिएकाे केही दिनमा धान र पराल छुट्याएर परालकाे मात्रै कुन्यु लगाउने गर्छन् ।
तस्विरःआरपी गुरागाईं/सहिखबर
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट एकल महिला तथ्याङ्क सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको छ ।
तथ्याङ्क कार्यालयले जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको छ । कार्यालयले विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क अध्ययन गरी सार्वजनिक गरिएकाे हाे । नेपालको ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ ।
तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको छ । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताए । एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको छ ।
विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको पाइएकाे कार्यक्रममा जानकारी दिइएकाे थियाे । कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिए छ । सिलवालले १० वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको बताए । तथ्याङ्कले विदुर २.२ प्रतिशत तथा विधवा महिलाको संख्या ६.६ प्रतिशत रहेको देखाएकाे छ ।