मकवानपुर । गुणस्तरीय शिक्षा हासिल गर्न गराउन मकवानपुरका सरोकारवालाहरू बिच १६ बुदे सहमति भएको छ ।
मकवानपुर जिल्लाका दुई स्थानीय तहहरू हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच सहमति भएको हो ।
नेपालका शिक्षक सङ्घ, संगठनहरू र स्थानीय सरकारहरूबीच संवाद र सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधारको लागो सहमति गरिएको हो।
शैक्षिक सरोकारवाला सङ्घ, सङ्गठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्न सहमत हुँदै बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व शिक्षकका सङ्घ, सङ्गठनहरूसँग छलफल गरिने, यस्तो बैठक र संवाद वर्षमा कम्तीमा दुई पटक गरिने, अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने सहमति भएको हो ।
यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गरिने, पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गरिने,पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालयीय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित नगरिने सहमति भएको हो ।
यसैगरी विद्यालयमा प्रदान गरिँदै आएको दिवा खाजालाई अझ व्यावहारिक, पोषणयुक्त र पर्याप्त बनाइने,बालमैत्री, अपाङ्गमैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गरिने,प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिइने सहमति भएको हेटौंडा मेयर मिना लामाले बताइन ।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय र प्रदेश शिक्षा ऐनसँग अनुकूल हुने गरी समयसापेक्ष, शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐन, नियमावली ल्याइने, आपतकालीन सिकाइलाई निरन्तरता र गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षकहरूलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत विकास तालिम प्रदान गरिने, बजेट निर्माणमा स्थापित चरण र प्रक्रियाको पालना गर्दै विद्यालय विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भएको छ ।
यसअघि यी पालिकाभित्र वसोवास गर्ने निम्न आय भएका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि गरिएको व्यवस्थालाई निरन्तरता दिइने, शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठनको निरन्तरताका लागि बिदा अवधिको समयमा विद्यालयमा स्वयमसेवक शिक्षकको व्यवस्था गरिने भनिएको छ । सहमति पत्र अनुसार १० वर्षे शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।
यसैगरी भयरहित सिकाइ वातावरण निर्माणका लागि आवश्यक वातावरण निर्माण गरिने, जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग लड्दै पर्यावरणमैत्री शैक्षिक वातावरण निर्माणका लागि कदम चालिने भनिएको छ ।
सहमति पत्रमा नेपाल शिक्षक महासङ्घका जिधराज ढकाल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, मकवानपुरगढी गाउंपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानलगायत सरोकारवालाहरूले हस्ताक्षर गरेका छन् ।


मकवानपुर । हेटाैडा उपमनपा-१० बसपार्कमा रहेका फलफुल तथा तरकारी व्यवसायीहरुलाइ हेटाैडा १ महादेव टाेल स्थित ३६ कट्ठा जमिनमा निर्माण गरिएको १०७ वटा स्टलमा सार्न आज उद्घाटन गरिएको हो । अब यहांको ७३ वटा हाेलसेल ३३ वटा खुद्रा स्टलहरुको रूपमा यहाबाट तरकारी तथा फलफूल खरिद बिक्री गरिनेछ ।
हेटाैडा नगरका पुर्व प्रमुख हरि वहादुर महतकाे कार्यकालमा मिति २०७८ कात्तिक १४ गतेबाट निर्माण कार्य सुरु गरिएको उक्त स्टलहरू एक बर्षमा निर्माण सम्पन्न गरिएको हो । बजार निर्माणको लागि हालसम्म करिव ३ कराेड लागनि भैसकेकाे छ।
उक्त क्षेत्रकाे गहिराे भुभाग उठाउनका लागि मात्र ४ हजार टिप ग्राभेल प्रयाेग भएकाे तरकारी तथा फलफूल व्यवासायी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले बताए ।
स्टलहरूको उद्घाटन कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले हेटाैडामा प्रदेश स्तरीय तरकारी थाेक बजार व्यवस्थापन गर्ने याेजना साकार भएकाे बताइन् । आगामी दिनमा मासुको लागि खसी बजार समेत यहि क्षेत्रकलाग आसपासमा व्यवस्थापन गर्ने याेजना रहेकाे लामाले बताइन् ।
हेटौंडाको मुख्य राजमार्ग बिस्तार रोकेर बाईपास सडक निर्माण हुंदा यो बजार मुख्य हाईवेमा पर्ने छ । यो बाइपास राेड प्रयाेगमा आउदा वजारकाे ट्राफिक समस्या समेत समाधान हुने र दुर्घटना व्यवस्थापन गर्ने लगायतमा समेत सहयोग हुने उनले बताइन् ।
त्यसैगरि कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले दुर्व्यसनिहरुकाे भिड रहने यस स्थललाई कृषि पर्यटनसंग जाेडेर नमुना तरकारी व्यावसाय स्थल निर्माण गरेकाे बताए । स्थानिय उत्पादनलाइ जाेड दिएर स्थानिय कृषकहरुकाे उत्पादनकाे बजारिकरण गर्ने, नगरपालिकाकाे दायित्वमा यस क्षेत्रकाे थप विस्तार गर्ने, हरेक व्यवसायीलाई व्यवस्थित बनाउदै लैजाने बानियाँले बताए ।
हेटाैडा उपमहानगरपालिका १ महादेव टाेल स्थितमा नेपाल फलफुल तथा तरकारी व्यापारी संघकाे आयाेजनामा संघ र हेटाैडा उपमहानगरपालिकाकाे संयुक्त लगानिमा हेटाैडा उपमनपा-१ स्थित नयाँ निर्माण स्टलकाे उद्घाटन गरिएको हो ।
मकवानपुर । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे लागि मकवानपुरबाट मनाेनय दर्ता सुरु भएकाे छ । हाम्राे नेपाली पार्टी दलका तर्फबाट उम्मेदवारहरु दिपेन्द्र चन्द ठकुरी किशाेर अर्याल र किशाेर रानाले उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा उनीहरुले आज सबैभन्दा पहिले मनाेनय दर्ता गराएका हुन् । उम्मेदवारहरु दिपेन्द्र चन्द ठकुरि प्रतिनिधि सभा अन्तरगत मकवानपुर १ बाट निर्वाचन मैदानमा आउने भएका हुन् । यसैगरी किशाेर अर्याल प्रदेश सभा १ ख बाट र किशाेर राना प्रदेश सभा १ क बाट मैदानमा आउने भएका हुन् ।
मनाेनय दर्तापछि उनीहरुले जनताले खाेजेजस्ताे नेताकाे विकल्प आफूहरु भएकाे बताए ।
यसअघि भएकाे त्रुटीप्रति क्षमा चाहन्छाै ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा–५ न्युरेनीस्थित कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको छ ।
शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान मृत भेटिएको हो । पौडी खेल्ने क्रममा खोलाले ४ जनालाई बगाएकोमा एक जना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ ।
३ वटै शव हेटौंडा अस्पताल ल्याईइएको छ । १२ बर्षिय रियान्स माझी भने पौडिएर बाहिर निस्केन सफल भएका छन् ।
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा आफूले राम्रो मत ल्याएर जित्ने दाबि गरेका छन् ।
मकवानपुरको समग्र विकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफूलाई लिएको उनले बताए । कुनै दल ब्यक्तीसङ्ग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क भएको उनले बताएका हुन् ।
मकवानपुरको हेटौंडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो बिकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे ।
प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानीको क्षेत्रमा काम गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
मकवानपुरको बिकासको काम सम्पन्न गर्न अझै केही काम अधुरो रहेकोले त्यो सम्पन्न गर्न आफू लाग्ने बताए । थापाले संकटको बेलामा साथ दिने मित्र हुने , घाउमा नुनचुक दल्ने मित्र हुन नसक्ने समेत टिप्पणी गरे।
भेलाले बिनोद लामिछानेको अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा इकाई कमिटी पुनर्गठन गरेको छ । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, अर्जुन ढुङ्गाना, भृगु कार्की लगायतले बोलेका थिए । कमिटीको सदस्यहरुमा सन्त बहादुर कार्की , कृष्ण आचार्य , दिपक बिक्रम अधिकारी , बिलास रिमाल, अरुण घलान, रामहरी अधिकारी , सुरेन वाईवा, सन्तोशी शाह, सपना कार्की, पार्बती अधिकारी , सलिल लो, रामकुमार अधिकारी, सीता महत, कल्याण अधिकारी लगायत रहेका छन् ।