मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा–५ न्युरेनीस्थित कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको छ ।
शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान मृत भेटिएको हो । पौडी खेल्ने क्रममा खोलाले ४ जनालाई बगाएकोमा एक जना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ ।
३ वटै शव हेटौंडा अस्पताल ल्याईइएको छ । १२ बर्षिय रियान्स माझी भने पौडिएर बाहिर निस्केन सफल भएका छन् ।

