अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्।
उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए। द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्। भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्।
यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्ने पक्षीविज्ञ बताउँछन् । बीबीसीसँग कुरा गदै अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो ।’

हिलका साथीले उनलाई उनले एउटा ‘अस्वाभाविक’ चरा देखेको बताएकी थिइन्। सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए। चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्ड’ भनिन्छ।
उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए।
बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए।
ूघर पुगेर आफुसँग केका तस्बिरहरू थिए भनेर नहेरुन्जेलसम्म फोटो खिचेको पाँच घण्टासम्म मुटु ढुकढुक गरिरहेको अनुभव उनले सुनाए ।
उनले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा ९एकखाले लाहाँचे चरा० खोजिरहेको थिएँ। तर उनले घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा उनी काठफोरा भेटे बराबर नै उत्साहित थिए ।

आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्। उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा ‘बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम’ को सर्वेक्षण गरेका छन्।
शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन्। तर उक्त क्षेत्रमा सम्भावित यस्तो किसिमको चरा देखिएको पहिलो पटक होइन।
न्याश्नल जियोग्राफिकका अनुसार सन् २०१९ मा एक दम्पतीले नजिकैबाट त्यसै क्षेत्रमा यस्तै चरा देखेका थिए। हिल अहिले देखिएको चरा पनि त्यही हुन सक्ने अनुमान गर्छन्।
प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो। यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ। बीबीसी
मकवानपुर/नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेको ५ वर्षपछि फिल्डमा काम देखिन थालेको छ । हेटौंडाको दोस्रो औद्यागिक क्षेत्रको रुपमा स्थापना गर्ने भनिएको मयुधाप औद्योगिक क्षेत्रको काम अब फिल्डमा देखिन थालेको हो ।
२०७२ चैत १ गते बसेको बैठकले सो निर्णय गरेको भएपनि यो विषयले औद्योगिक क्षेत्र स्थापनार्थ फिल्डमा खासै प्रगति देखाउन सकेको थिएन । अब भने यसको कार्यले रफ्तार लिने बताइएको छ ।
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १४ को मयुरधाप, पूर्वमा मयुरधाप वस्ती, पश्चिममा कालापानी वस्ती, उत्तरमा रातामाटे डाँडा, दक्षिणमा उत्तरपानी चुरे वन र सो वरपरको खालि जग्गा समेतलाई ओगट्ने गरि ३ सयविगाहा जाग्गामा मयूरधाप औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको ५ बर्षपछि १४ फागुन २०७७ शुक्रबार शिलान्यास कार्यक्रम तय भएको छ ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शुक्रबार उद्योग स्थापनार्थ शिलान्यास गर्न पक्का भएको हेटौंडा औद्योगिक क्षेत्र व्यववस्थापनका प्रमुख राजेन्द्र कंडेलले बताए । उद्योग स्थापनार्थ एक साता अगाडि मात्रै स्थानीय स्तरमा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । मयुरधाप औद्योगिक क्षेत्रमा मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी गरेको थियो ।
औद्योगिक क्षेत्रका पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख लाग्ने अनुमान गरिएको छ । औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब १० हजार जनाले रोजगारी पाउने बताइएको छ । औद्योगिक क्षेत्र परिसरमा ५ दर्जन बढी उद्योग रहने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख कंडेलले बताए । औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनीसम्मका ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । नेपाल सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जमिन उपलब्ध गराइसकिएको छ । हेटौंडा उपमहानगरपालिकाले औद्योगिक क्षेत्र बन्न लागेको जग्गासहितलाई मध्यवर्ती क्षेत्रभन्दा बाहिर राख्ने निर्णय गरी मन्त्रालयमा सिफारिस गरिसकेको छ । तर, सिफारिस बमोजिम मन्त्रालयले निर्णय भने अझै गरेको छैन ।
औद्योगिक क्षेत्र स्थापनार्थ अन्य आन्तरीक कामहरु जारी रहेको र अब देखिने गरि फिल्डको काम सुरु भएको औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड आयोजना निर्देशक सञ्जयलाल मानन्धरले बताए । मिति २०७३ वैशाख १२ गते भएको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार आयोजनाको क्षेत्रफल १ सय ३४ दशमलव ८६ हेक्टर अर्थात १ सय ९९ दशमलव १२ बिगाह क्षत्रफल कब्जा गर्ने छ । यसक्षेत्रका ७ देखि १४ रोपनी आकारका ६२ वटा औद्योगिक प्लट हरने छ । यो औद्योगिक क्षेत्र हेटौंडा बजारबाट ७ किमी टाढा तथा हेटौंडा–पथलैथा सडकको पशुपतिनगरबाट करिब ३ किमी पश्चिममा पर्दछ ।
मकवानपुर / महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरले जिल्लाकाे बकैया गाउँपालिका वडा ७ मा कृषि सामग्री हस्तान्तरण सहित च्याउ उत्पादक केन्द्रकाे उद्घाटन गरिएकाे छ ।
बागमती प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादाेर्जे लामाले जिल्लाको बकैया गाउँपालिका ७ हात्तीखोलामा नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गरेका छन् । निर्वाहमुखि कृषि प्रणालिबाट व्यवासायिमुखी तर्फ लाग्नुपर्ने मन्त्री लामाले बताए ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा युएनडिपी र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा किसानहरुका लागि आवश्यक कृषि सामग्री वितरण समेत गरिएको हाे । किसानहरुलाई खेतीमा सहयोग होस् भन्ने उदेश्यले करीब २५ लाख बराबरको कृषि मेसिनरी सामान वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरकी संयोजक इन्दिरा न्यौपानेले जानकारी दिइन् ।

एक वर्षे अनुदान कार्यक्रम अन्तरगत युएनडिपीको १ करोड रुपैया र गाउँपालिकाको ७० लाख सहयोगमा गाउँपालिकाका ७ वटा वडामा विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरणको काम भइरहेको छ । जस अन्तरगत आज मात्रै वडा नम्बर ४, ७ र ९ लाई २५ लाख रुपैया बराबरको च्याउको बिउ उत्पादन गर्ने मेसिन, च्याउको लागि चाहिने पराल पकाउने मेसिन, आलु खन्ने, तरकारी गोड्ने, धान चुट्ने मेसिन र कुटान पिसान मेसिन हस्तान्तरण गरिएको हो ।
कृषि मन्त्री लामाले समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतमलाइ मेसिन हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यकारी अधिकृत, लक्ष्मण पुडासैनी, ९ नम्बर वडा अध्यक्ष रामकाजी लामिछाने, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, युएनडिपीका संयोजक धनबहादुर चन्द, समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतम ले बताए ।

कार्यक्रममा महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरका संरक्षक माइकल रामचन्द्र अर्यालको आतिथ्यता तथा समुहकी संयोजक न्यौपानेको अध्यक्षतामा कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामाेदर खनाल, उपाध्यक्षा सरला बाेलखे, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पुडासैनीलगायतले कृषिमा नविनताकाे लागि कृषि सामग्री हस्तान्तरण गर्ने, सामुहिक कृषि प्रणालीलाइ प्राेत्साहन गर्ने जस्ता कार्यक्रम पालिकाबाट पनि प्राथमिकतामा राखिएकाे बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चाललको मृत्यु भएको छ।
विहीबार बिहान मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिँदा मयुरी चालक हेटौंडा–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मयुरीलाइ ठक्कर दिने ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका छन् ।