मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चाललको मृत्यु भएको छ।
विहीबार बिहान मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई ठक्कर दिँदा मयुरी चालक हेटौंडा–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मयुरीलाइ ठक्कर दिने ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका छन् ।

