मकवानपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।
मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु¥याइसकेको छ ।
यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ ।
यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ । बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागु लागु औषध गाँजा र अटाे सहित २ जना पक्राउ गरेकाे छ । फागुन २३ गते अाइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा ११ थानाभर्याङ स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा नेवारपानीबाट हेटौडा तर्फ आउँदै गरेको ना.२.ह. १८८३ नं. को अटोलाई रोकी चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको ११ किलाे लागुऔषध गाँजा सहित उनीहरूलाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा अटो चालक हेटाैडा १९ बस्ने ३४ बर्षको सोमलाल ब्लोन र अटोमा सवार हेटाैडा १९ काे ३५ बर्षका सोमलाल ब्लोनलाई लागुऔषध गाँजा र अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
प्रा.डा. राजकुमार पोखरेल, प्रा. हरि प्रसाद अधिकारी, डा. माणिकरत्न शाक्य, भिक्षु सकिच्च, प्रा.डा गितु गिरी , प्रा.डा. रञ्जना बज्राचार्य, प्रा.डा. सुवर्णलाल बज्राचार्यलगायतका बाह्य तथा आन्तरिक परीक्षक एवं लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान समितिका पदाधिकारीहरुको २०७७ फागुन १९ गते बुधबार बसेको बैठकले चापागाईंलाई विद्यावारिधि (पीएच.डी) उपाधि प्रदान गर्ने निर्णय गरेकोे हो । शोध प्रबन्धको निर्देशकमा प्रा.डा. गितु गिरी र शोध विशेषज्ञमा डा. माधव पन्थी रहनु भएको लुम्बिनी बौद्ध विश्वविद्यालयबाट जानकारी प्राप्त भएको छ ।
अनुसन्धान समितिको बैठकले उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यावारिधि उपाधि सम्बन्धी विनियम २०७५ परिच्छेद ४ नियम नम्बर ४५ को च अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित पीएचडी कार्यक्रम अनुसार ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
पीएचडी उपाधि प्राप्त चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए., कानूनमा एलएलवी., आम सञ्चार तथा पत्रकारिता विषयमा पूर्वाञ्चल विश्वविद्यालयबाट एम.ए. तथा प्राकृतिक चिकित्सा तथा योग विज्ञानमा डिप्लोमा गरेका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी १४ औं संस्करणको आईपीएलको मिति घोषणा गरेको हो । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण बीसीसीआईले घोषणा गरेको मिति अनुसार अप्रिल ९ बाट सुरु हुनेछ ।
बीसीसीआईले घोषणा गरेको आईपीएलको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ । चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ । यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन ।