- लीना बानियाँ
छोटै सहि जिन्दगीको दिन त त्यो पो थियो ।
अमुल्य त्यो रत्न सरी छिन त त्यो पो थियो ।
बिना शब्द बोल्थे आखाँ, लय बिना खुल्थ्यो भाका
तार बिना संगीतको तरंग त्यो पो थियो ।
फुलै बिना प्रकृतिको रंग त्यो पो थियो ।
नसकिने बातहरु,जन्मौका थिए साथहरु
नभेटिने गन्तब्यमा रफ्तार त्यो पो थियो ।
नखोजिने बिश्राममा सवार त्यो पो थियो ।
लहराएका माया भरी सपनाहरुको उछल्कुद
ब्रमाण्डकै उडान भर्ने साथ् त्यो पो थियो ।
हत्केलामा तारा भर्ने बात त्यो पो थियो ।
छोटै सही जिन्दगीको दिन त त्यो पो थियो।
हेटाैडा १८ हर्नामाडी हाल काठमाडाै
मकवानपुर / छिमेकी देश सहित विश्वर फेरी कोरोना जोखिम बढ्न थालेपछि सजकता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आमजनसमुदायलाई आग्रह गरेको छ ।
भारतका विभिन्न प्रान्तहरुमा लकडाउन सुरु भईसको छ भने युरोपका धेरै देशमा लकडाउन जारी छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै विश्वभर र छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको भन्दै सभा, भेला, सम्मेलन, जुलुस, -याली, जमघट लगायत भिडभाड हुने कार्य नगर्न भनेको छ ।
प्रशासनले भौतिक दुरी कायम गर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
मकवानपुर । सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा बिदाको सूची सार्वजनिक गरेको हो ।
राजपत्रमा प्रकाशित गरेको विदा सम्बन्धी गृह मन्त्रालयकाे सूचनामा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् ।
राजपत्रमा प्रकाशित सूचनामा सरकारी कार्यालयकाे समय बैशाख एक गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । यसैगी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सरकारी कार्यालयकाे समय ताेकिएकाे छ । शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको सूचनामा जनाइएकाे छ ।
त्यस्तै सरकारले २०७८ सालमा जनै पुर्णिमा, घटस्थापना, तिहारको टिकाको अर्को दिन लगायतका बिदा थप गरेको छ ।
- चेतनाथ दाहाल
१.
तिर्खा हैन आजभोलि,खोली धाउन थाल्यो अरे
गुम्नाम भई बस्नेको नि,पालो आउन थाल्यो अरे
भाउ खोज्ने च्यांखे थाप्ने,मौका मिल्ने भएपछि
संसद भित्र अनायासै,खुसी छाउन थाल्यो अरे ।
२.
जाई जुहि चमेलिझैं,तिम्रो जीवन् फुलिरहोस
सुख शान्ति सम्बृद्धि कै वरिपरि डुलिरहोस
हांसो खुसी छाईरहोस,मुहारमा सदा सदा
निलो आकाश जस्तै गरि सधैंभरि खुलिरहोस ।
३.
मान्छेहरु अरुलाई किन पिर्छन् होला
अपराधी कर्म गरि किन गिर्छन् होला
पाप धर्म केही हुन्न ठान्ने हरु यहां
भगवान् को मन्दिरमा किन छिर्छन होला ।
४.
त्यै घरमा माताजि को ममताको काख थियो
त्यै घरमा पिताजि को पसिना जो लाख थियो
ऐले फगत् एक्लो भयो,सम्झनामा सिमित् रह्यो
त्यै घरमा हिजो सम्म कत्रो ठुलो साख थियो ।
५.
फूल चढाउथ्यौं अनी अपार खुसी पाएर फर्कन्थ्यौं
प्रेमील भाका एक आपसमा संगै गाएर फर्कन्थ्यौं
त्यो देउराली,जसलाई आज मोटर बाटोले खायो रे
जहां हामी कहिल्यै नछुट्ने कसम खाएर फर्कन्थ्यौं ।
६.
आज पनि प्यारो लाग्छ जन्मिएको ठाँउ
बेला बेला लाग्ने गर्छ फर्किएर जाँउ
रमाउदै प्रकृतिको हरियाली भित्र-
गुरांसको फूल टिपि शिर माथि लाँउ ।
७.
त्यो फैसला खास हुनुपर्थ्यो,भयो
अहंकारको नास हुनुपर्थ्यो, भयो
अग्नि परिक्षामा लगेर होमिएको
संबिधान चैं पास हुनुपर्थ्यो,भयो!!
८.
जमानाले गर्दा भन्दै,संस्कार उल्टो मोड्न हुदैन
परिष्कृत गर्दै जानुपर्छ,परम्परा तोडन हुदैन
जमाना त कम्प्युटर र मोबाइलको पनि छ तर-
बेला बेलामा कलम पनि चलाउन छोड्न हुदैन ।
९.
कसैलाई च्वास्स घोच्ने कांडा नबनोस
कसैको प्रगति छेक्ने डांडा नबनोस
प्रेमिल बनोस कसैको निम्ति आदर्श बनोस
साहित्य सिर्जना कहिल्यै पनि छाडा नबनोस ।
१०.
आपद् बिपद् अनायासै हामी माझ आउँछ
जसरी चल्ला टिप्न झम्टेर बाज आउँछ
जिन्दगीको हिसाब किताब मिलाउदा मिलाउदै
सम्झनु,ढोकामा एकदिन यमराज आउँछ ।
११.
मलाई अचेल,मह झिकेको घार प्यारो लाग्छ
किन किन,पानी सुकेको ईनार प्यारो लाग्छ
काम नलागे नि,मिठो याद दिलाउंछ त्यसैले-
मलाई दुस्मन् ले दिएको उपहार प्यारो लाग्छ ।
कानेपोखरी २ मोरङ्ग
मकवानपुर । लोक सेवा आयोगले खरिदारको आन्तरिक प्रतियोगिता र दोस्रो चरणको परीक्षा स्थगित गरेको छ ।
२०७८ साल वैशाख ६ गते देखि वैशाख १० गतेसम्म संचालन हुने आन्तरिक प्रतियोगिता र बैशाख ११ गते हुने दोस्रो चरणको परीक्षा तालिका सार्वजनिक गरेको आयोगले सोमबार परीक्षा स्थगित भएको जानकारी गराएको हो ।
‘राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ वैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ आयोगले सूचना प्रकाशित गरि जनाएको छ ।
चैत ६ गते बसेको आयोगको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको आयोगले परीक्षा स्थगित हुनुको कारण सूचनामा खुलाएको छैन ।
