मकवानपुर । सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा बिदाको सूची सार्वजनिक गरेको हो ।
राजपत्रमा प्रकाशित गरेको विदा सम्बन्धी गृह मन्त्रालयकाे सूचनामा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् ।
राजपत्रमा प्रकाशित सूचनामा सरकारी कार्यालयकाे समय बैशाख एक गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । यसैगी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सरकारी कार्यालयकाे समय ताेकिएकाे छ । शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको सूचनामा जनाइएकाे छ ।
त्यस्तै सरकारले २०७८ सालमा जनै पुर्णिमा, घटस्थापना, तिहारको टिकाको अर्को दिन लगायतका बिदा थप गरेको छ ।

