मकवानपुर । केही दिन देखि भइरहेकाे वर्षामा कमी अाइ देशका पहाडी भु-भागमा आंशिक बदली, अन्य भू-भागहरु मौसम सफा रहने छ जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव रहेकाेले प्रदेश १ लगायत पहाडी भु-भागमा आंशिक बदली र देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरू र तराई भु-भागका १/२ ठाँउमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध समेत गरेकाे छ ।
मकवानपुर/मकवानपुरगढी गाउँपालिकामा स्थाीयहरुको पहलमा गठित सामुदायिक कोभिड प्रतिकार्य समुहले कोरोना संक्रमण रोकथाम अभियान अन्तर्गत संस्थामा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।
आज (मंगलबार) ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले मक्रान्चुली सामुदायिक स्वास्थ्य ईकाइलाई १ थान थर्मल गन र २ थान अक्सिमिटर हस्तान्तरण गरिएको छ । दैनिक रुपमा किसानहरुको ओहोर दोहो हुने मनकामना दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडलाई पनि १ थान थर्मल गन हस्तान्तरण वडा अध्यक्ष भागवत घिमिरेले सस्थाका अध्यक्ष अर्जुनप्रसाद दहाललाई हस्तान्तरण गरे ।
सामुदायिक कोभिड प्रतिकार्य समुहले इलाका प्रहरी कार्यालय मकवानपुरगढी ३ लाई १ थान थर्मल गन २०० थान मास्कसंगै ३ लिटर स्यानिटाइजर र केही थान हात धुने साबुन हस्तान्तरण गरेको छ ।
यसै बिच समुहले मकवानपुरगढी–४ मा रहेका सक्रिय कोभिड सक्रमित परिवारलाई वडाध्यक्ष भागवत घिमिरे सहितको समुहले पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको थियो। साथै प्रतिकार्य समुहले जनचेतनाका लागि समुदायका भिडभाड हुने ठाउमा कोभिडबाट बच्ने र संक्रमण रोकथाम हुने लगायतका सन्देश मुलक फ्लेस ब्यानर झुन्ड्याउने गरेको काम छ ।
विश्व वातावरण दिवशको उपल्क्षमा समाज परिवर्तनको लागि साझा अभियान हेटाैंडा उपमहानगरपालिका वडा न. ७ को नवज्योति टोल विकास सस्था भित्र पार्थनीयम झार उन्मुलन गर्दै स्थानीयहरू । हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाइने गरिन्छ । दिवसकाे पूर्व सन्ध्यामा सरसपफाइ कार्यक्रम गरिएकाे हाे । तस्बिर साैजन्यः केदार दाहाल/हेटाैंडा ७


- जगन्नाथ सुवेदी
सडकमा मान्छे र धुलो दुबै उत्तिकै व्यस्त छन् ,
मान्छे नाक र आँखा छोपेर धुलोलाई अस्विकार्छ,
धुलो मान्छेका कपालमा चढेर आफ्नो प्रभाव पार्छ ,
मान्छेको गन्तब्य र धुलोको कुनै ठेगाना यी दुबैको छैन,
धुलो र मान्छे उस्तै उस्तै छन् फरक थोरै छ,
धुलो को छुटै नाम छैन मान्छेले केहि अक्षर बोकेको छ,
समयको चक्रले नामका अक्षर मेटिदिंदा,
मान्छे एउटा अल्ली ठुलो धुलो झैं हुन्छ ।
धुलो हावामा त मान्छे कल्पनामा उड्छ,
एउटा पानीमा त अर्को नशामा भिज्छ,
हिलो बनेर धुलो नालीमा पुग्छ,
मान्छे मति अनुसाको गतीमा पुग्छ,
धुलो र मान्छे उस्तै उस्तै छन्
फरक थोरै छ,
हिलो उ सुकेपछि फेरी धुलो नै हुन्छ,
गन्तव्यको ज्ञान बिना मान्छे मान्छे हुदैन,
कपाल फुलेको इन्द्रिय गलेको एउटा अशक्त धुलो झैं हुन्छ ।
रचनाकाल २०५१
मकवानपुर । मकवानपुर जिल्लामा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै गएको छ । मंगलबार आज थप १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा संक्रमणमुक्त हुनेकाे संख्या ६ हजार ४ सय ७६ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ४३ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा थप १ सय ४४ जनामा कोरोना पुष्टि भएको हाे । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेहरुको संख्या ८ हजार ७ सय ८९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल २ हजार २ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमा २ हजार ९७ जना घरमै र १ सय १५ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।
यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा-८ की ७५ वर्षीया महिला र हेटौंडा-११ की ७८ वर्षीया महिला रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।
देशभर ६ हजार ८ सय ९८ जना काेराेना मुक्त
देशैभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९८ जना काेराेना संक्रमणमुक्त भएका छन् । याेसँगै काेराेना निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ ।
६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि हुँदा ६ हाजर ८ सय ९८ जना काेराेना निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २० हजार १ सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।
यस्तै हाल देशभर १ लाख ४ हजार ७ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।