मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संङ्ख्या बढ्न थालेपछि आजबाट निषेधाज्ञमा थप कडाइ गरिएको छ । संक्रमणको जोखिम उच्च बढेको भन्दै आजबाट थप भएको निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ ।
हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्न प्रहरी चेकिङ टोलि खटाईएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार हेटौंडाको क्याम्पाडाँडा, संगमचोक, कान्तिराजपथ, सिमाचोक, चौकिटोल ओरालो, थानाभर्याङ, कर्रापुल क्षेत्रमा सवारी जाँच कडाइ गरिएको छ ।
जिल्लामा आजबाट थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गतेसम्म रहेको छ । यसैगरी जिल्ला भित्र मास्क अभियान सुरु गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरुको संलग्नतामा मास्क अभियान सुरु गर्न थालेको हो । आजबाट लागु हुने यो अभियानबारे यहाँ हेर्नुहोस् ।
नसोध्नु मलाई म के हालमा छु
सधैँ हार मात्रै हुने खालमा छु
पुगे लौ सबै ती सधैँ माथि माथि
म पानी बिनाको अझै तालमा छु
छ सारा अँध्यारो नभेटी किनारा
डुबेको म माछो अझै छालमा छु
जलेको छ छाती भनौ के कसोरी
बिना अर्थ बन्दी म त जालमा छु
बसेको थिएँ शान्त सुन्दर धरामा
भयो आज कस्तो म नेपालमा छु
गमुको पाहुना पोष्ट
विराटनगर
मकवानपुर । अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइने भएकाे छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसर बागमती प्रदेश अन्तर्गत प्रदेश युवा परिषद्ले अगष्ट १२ तारिख अर्थात साउन २८ गतेदेखि एक हप्ता सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी युवा दिवस मनाउन लागेको हो ।
कार्यक्रम आयोजना गर्नका लागि प्रदेश युवा परिषद्ले कार्यकारी उपाध्यक्ष संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको जनाइएको छ । प्रदेश युवा परिषद् गठन भएपछि पहिलो कार्यक्रमको रुपमा कार्यक्रम आयोजना हुन लागेको हाे । प्रदेश युवा परिषद्ले कार्यकारी उपाध्यक्ष सन्ताेष चौलागाईले कोरोना संक्रमणका कारण स्वास्थ्य मापदण्डका सबै नियमहरु पालना गरी कार्यक्रम हुने जानकारी दिए ।
आइतबार चौलागाईले कार्यक्रमका बारेमा जानकारी दिएका हुन् । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ सप्रताहाव्यापी कार्यक्रम आयोजना गरिने भएकाे हाे । चौलागाई साउन २८ गते बागमती प्रदेशका मुख्यमनत्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा परिषद्को कार्यालयको उद्धाटन हुने बताए । २९ गते जिल्ला युवा समिति मकवानपुरसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिने तथा ३० गते मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड प्रतियोगिता हुने उपाध्यक्ष चौलागाईले बताए ।
यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३१ गते बालकल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउ विषयमा अन्तरक्रिया गरिने भएकाे छ । साउन ३२ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । भदौ १ गते हेटौंडा लेडी जेसिजको समन्वयमा बक्तृत्वकला कार्यक्रमको आयोजना हुने र भदौ २ गते समापन कार्यक्रमको आयोजना गरिने पनि उनले जानकारी दिए ।
सन् २००० देखि विश्वका विभिन्न मुलुकमा युवा दिवस मनाउन थालिएको हाे भने नेपालमा सन् २००४ देखि याे दिवस मनाउन सुरु गरिएकाे हो ।
मौनताका हरफहरु कोर्दै
पन्नाहरु संगाल्दै गरेको यो जीन्दगी भित्र
तिमी आफ्नो आवाज छपाउन खोज्छौ
भन किन निम्त्याउँ म त्यो कोलाहल
अनि अनिश्चित जिन्दगीको
अनिश्चित समय भित्र तिमी आफ्नो
निश्चितता सुनिश्चित गर भन्छौ
भन कहाँबाट ल्याउँ म त्यो निश्चितता?
उधारो जिन्दगीको यो पल पल को खटन भित्र
तिमि आफ्नो एकाधिकार जमाउँन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो अधिकार
अनि असंभावनाका अनगिन्ती सम्भावना भित्र
तिमी आफ्नो सम्भावितता जताउन खोज्छौ
भन कहाँबाट देखाउँ म त्यो सम्भाव्यतता ?
ठोकिदै हुत्तिदै ,घिस्रिदै खाटा बनेका पलहरु भित्र
तिमी आफ्नो सहजताको झन्डा फहराउन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो सहजतता
अनि काल्पनिक यथार्थहरुलाई समाई
यथार्थको परिभाषा बटार्न खोज्छौ
भन किन स्वीकाँरू
म तिम्रो काल्पनिक यथार्थता ?
भन किन स्वीकाँरू म यथार्थता ?
हर्नामाडी, मकवानपुर हाल काठमाडाैं
सुकुम्बासीलाई भूमि चाहियाेः अखिल नेपाल किसान महासंघले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि बनेको भूमि सम्बन्धी समस्या समाधान आयोगको विघटन विरुद्ध हेटौंडामा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले आइतवार हेटौंडामा विरोध र्याली प्रदर्शन गरेको हो । नेपालमा भूमि सम्वन्धि समस्या दिर्घकालिन समाधानकाे लागि व्यक्तिकाे नाममा भूमि रहने व्यवस्था अन्त्य गर्दै राज्यकाे नाममा भूमि रहने वैज्ञानिक भूमि सुधार लागू गर्नु पर्ने देखिन्छ । तस्विरः सहीखबर

