मकवानपुर । अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइने भएकाे छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसर बागमती प्रदेश अन्तर्गत प्रदेश युवा परिषद्ले अगष्ट १२ तारिख अर्थात साउन २८ गतेदेखि एक हप्ता सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी युवा दिवस मनाउन लागेको हो ।
कार्यक्रम आयोजना गर्नका लागि प्रदेश युवा परिषद्ले कार्यकारी उपाध्यक्ष संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको जनाइएको छ । प्रदेश युवा परिषद् गठन भएपछि पहिलो कार्यक्रमको रुपमा कार्यक्रम आयोजना हुन लागेको हाे । प्रदेश युवा परिषद्ले कार्यकारी उपाध्यक्ष सन्ताेष चौलागाईले कोरोना संक्रमणका कारण स्वास्थ्य मापदण्डका सबै नियमहरु पालना गरी कार्यक्रम हुने जानकारी दिए ।
आइतबार चौलागाईले कार्यक्रमका बारेमा जानकारी दिएका हुन् । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ सप्रताहाव्यापी कार्यक्रम आयोजना गरिने भएकाे हाे । चौलागाई साउन २८ गते बागमती प्रदेशका मुख्यमनत्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा परिषद्को कार्यालयको उद्धाटन हुने बताए । २९ गते जिल्ला युवा समिति मकवानपुरसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिने तथा ३० गते मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड प्रतियोगिता हुने उपाध्यक्ष चौलागाईले बताए ।
यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३१ गते बालकल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउ विषयमा अन्तरक्रिया गरिने भएकाे छ । साउन ३२ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । भदौ १ गते हेटौंडा लेडी जेसिजको समन्वयमा बक्तृत्वकला कार्यक्रमको आयोजना हुने र भदौ २ गते समापन कार्यक्रमको आयोजना गरिने पनि उनले जानकारी दिए ।
सन् २००० देखि विश्वका विभिन्न मुलुकमा युवा दिवस मनाउन थालिएको हाे भने नेपालमा सन् २००४ देखि याे दिवस मनाउन सुरु गरिएकाे हो ।

