मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संङ्ख्या बढ्न थालेपछि आजबाट निषेधाज्ञमा थप कडाइ गरिएको छ । संक्रमणको जोखिम उच्च बढेको भन्दै आजबाट थप भएको निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ ।
हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्न प्रहरी चेकिङ टोलि खटाईएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार हेटौंडाको क्याम्पाडाँडा, संगमचोक, कान्तिराजपथ, सिमाचोक, चौकिटोल ओरालो, थानाभर्याङ, कर्रापुल क्षेत्रमा सवारी जाँच कडाइ गरिएको छ ।
जिल्लामा आजबाट थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गतेसम्म रहेको छ । यसैगरी जिल्ला भित्र मास्क अभियान सुरु गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरुको संलग्नतामा मास्क अभियान सुरु गर्न थालेको हो । आजबाट लागु हुने यो अभियानबारे यहाँ हेर्नुहोस् ।

