मकवानपुर । हेटौंडा नगरका ३ नेतालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेकाे छ । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिले ३ जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको हाे ।
जेठ २० र २१ गते बसेको नगर समिति बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका इन्चार्ज शंकर बहादुर राउत र सचिवालय सदस्य तथा वडा नम्बर १० समितिका इन्चार्ज सन्तोष न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधरण सदस्य नरहने गरी कारबाही गरेको पार्टीले जनाएकाे छ ।
साथै नगर सचिवालय सदस्य गिता कार्कीले पार्टी परित्याग गरेकोले साधरण सदस्य नरहने गरी हटाइएको नगर कमिटि अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए । बैठकले नगर समिति सचिवालय सदस्य ३ जना, नगर सदस्य २ जना र वडा समितिका अध्यक्ष १ जनालाई लिखित तथा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको मगरले बताए । यस्तै हेटौंडा १७ नम्बर वडा समितिको इन्चार्ज प्रदिप अर्याल र १० नम्बर वडा समितिको इन्चार्जमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।
बैठकमा स्थानीय तह दोस्रो निर्वाचनकाे समिक्षा गरिएको थियो । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समितिका सदस्यहरु, वडा समितिका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्ष तथा सचिवहरुले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा नगर भित्रको अ–आफ्नो कार्यक्षेत्रको संगठनात्मक गतिबिधि, चुनावी गतिबिधि, गठबन्धनको नीति, समस्या, चुनौती लगायत सवल र दुर्वल पक्षको विषयमा समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।
बैठकले सबै वडा समितिको समिक्षात्मक बैठक मिति २०७९ जेठ २७ गतेसम्म बसिसक्ने निर्णय गरेको छ । स्थानीय तह दोस्रो निर्वाचन हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिइएकाे अध्यक्ष मगरले बताए ।
नगर समितिका अध्यक्ष मगरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमिला पुलामीको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा जिल्ला समन्वय समितिका संयोजक सर्केस घलान मधु, सचिव भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवके राई, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । आगामी जुन २१ र २२ मा बंगलादेशको ढाकामा हुने मैत्रीपूर्ण बंगबन्धु रग्बी सिरिज खेलका लागि मकवानपुरका विक्रम भरती छनौट भएका छन् ।
नेपालको राष्ट्रिय रग्बी टिममा मकवानपुरका विक्रम भारती दोस्रो पटक पर्न सफल भएका हुन् । नेपाली राष्ट्रिय रग्बी टिमका प्रशिक्षक विनोद तामाङ, राज टङ्क र गोपाल क्षेत्रीले यसै महिनाको सुरुमा भएको छनोट शिविरमा बोलाइएका ३५ जना खेलाडीमध्ये २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका विक्रम भारतीले जानकारी दिए ।
बंगबन्धु बंगलादेश–नेपाल मैत्रीपूर्ण सिरिजको तयारीका लागि छनोटमा मकवानपुरका ३ खेलाडी सहभागी भए पनि बन्द प्रशिक्षणमा जिल्लाबाट आफू मात्र पर्न सफल भएको उनको भनाई छ ।
मैत्रीपूर्ण खेलको क्रममा नेपाली रग्बी टिमले बंगलादेशमा दुई ‘७ साइड’ र एक ‘१५ साइड’ को खेल खेल्ने जनाइएको छ । भारती दोस्रो पटक रग्बीको राष्ट्रिय टिममा परेका हुन् । यसअघि पनि यसै प्रतियोगिताको लागि राष्ट्रिय टिममा परेका भारती प्रतियोगिताको मिति सारिएपछि पुनः छनोटबाट फर्वाडको भूमिकामा टिममा परेका हुन् ।
भारती मकवानपुर जिल्ला रग्बी टिमका प्रशिक्षक समेत रहेका छन् । बन्द प्रशिक्षणको लागि राष्ट्रिय रग्बी टिमको फर्वाडमा भारतीसहित श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमित बहादुर मल्ल, बिवेश बसु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, शेरबहादुर ओली, क्षितिज कार्की, सञ्जीव कुमाल पर्न सफल भएका छन् ।
यसैगरी टिमको ब्याकतर्फ कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश ठोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेस राजबस्तोला र सविन महत रहेका छन् ।
हेटौंडामा एपीएफ र फ्रेन्डस क्लबको भिडन्त
Tags: No Comments
मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तर्गत आज शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब,काठमाडौं र फ्रेन्डस क्लब ललितपुर भिड्दै छन् ।
हेटौंडा-५ को पिप्लेक्याम्पा रंगशालामा जारी खेल शनिबार अपरान्न ४ बजे सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज काठमाडौ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । आज जेठ १९ गते । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २१ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन,अधिराजकुमारीहरु श्रुतिलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या गरिएको थियो ।
हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै छ । तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो । यो बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्ड रहस्यमय नै छ । राजसंस्था अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि हत्याकाण्डको छानबिन भएको छैन । राजधानीबाट
