मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपमा विहीबारको खेलबाट भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनल प्रवेश गरेको छ । विहीबार भएको क्वार्टरफाईनलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको सुरुवाती २ मिनेटमै भुटनीजका जर्सी नम्बर ४७ का दिरज थजालले हेडबाट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको ३८ औं मिनेटमा जर्सी नम्बर ७ का हेक्टर ओर्टेगले शेर्पाको पोष्टमा गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
भुटनीज क्लबका हेक्टर ओर्टेग आजको खेलमा म्यान अफ दि म्याच बन्दै नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
यसअघि आर्मीलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । अब भुटनीज र जावलाखेल युथ क्लब बिच पुष ३० गते शनिबार सेमिफाइनलमा भेट हुनेछ । उद्धघाटन खेलमा जावलाखेलले आयोजक बागमतीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी भोली शुक्रबार संकटा क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । बुधबार भएको खेलबाट मच्छिन्द्रको आत्मघाती गोलको मद्दतले एपिएफले क्वाटरफाइनल यात्रा तय गरेको हो ।
बागमती खेलकुद विकास समितिको आयोजनामा माघ ३ गतेसम्म हुने प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ विभागिय, १ अन्तर्राष्ट्रियर २ स्थानीय टिम सहित १० टिमको सहभागीता रहेको छ । चौथो सस्करणको बागमती गोल्डकपको बिजेता थ्रीस्टार क्लबले यो पटक सहभागिता जनाएन ।

पृथिवी एकता तिम्राे हरायाे आज के भयाे
दु:ख बिर्से कि लाै तिम्राे रमिता आज के भयाे ।
निर्माण देशकाे निम्ति साेचेकाे सब अस्त भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।१।।
विदेशी घुस्रिए सारा तिम्राे सन्मार्ग छाेडियाे
दिव्याेपदेशका नारा थाहै पाएर ताेडियाे ।
चार वर्ण थिए जात छत्तीस भाग-दाैड भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।२।।
ढुङ्गाकाे बीचकाे तिम्राे तरुल आज के भयाे
च्यापियाे च्यापियाे अझ्झै नजान्दा कि त याे भयाे ।
आफूआफूबीचै लड्ने फुट्नैमा सरगर्मी भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।३।।
जन्मे वाद विदेशीकाे स्वदेशी बिर्सँदै गयाे
आयातित बनेँ धर्म पन आफ्नै बिछाेडियाे ।
सदाचार भयाे छाडा विदेशीपन भित्रीगाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।४।।
धराे उत्पादन छैन विलासिता विदेशकाे
मुद्राकाे मूल्य नै छैन पाएसम्म विदेसियाे ।
“जाई कटक पाे गर्छन्” नचिनेसरि आज भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।५।।
चाडबाड मिली मान्थ्याैँ आएकाे सब एक भै
गाउँ सबै जुटी हिँड्थ्याैँ समाजै गाेलबद्ध भै ।
आफ्नै गाउँ पनि पस्न- साेध्ने ! आज उदेक भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।६।।
गुरागाईको कविता संग्रह बास उठेका चराहरू, २०६४ बाट
मकवानपुर । मकवानपुर प्रहरीले ७ किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक केदार विकको टोलीले पुष २० गते बिहान हेटौंडा ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बस चेक जाच गर्दा उक्त परिणामको गाँजा सहित मानिस नियन्त्रणमा लिएको हो ।
प्रहरीले बसमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष ६० का डिल बहादुर चेपाङको साथबाट ५ किलो ७ सय ग्राम तथा सोही ठाँउ बस्ने वर्ष १९ का प्रकाश चेपाङको साथबाट १ किलो ३ सय ग्राम लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।
दुबैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइ रहेको प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर । ‘मनको मान्छे’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ। गीतकार तथा साहित्यकार अञ्जना पौडल ‘अनुश्रुती’ को शब्दमा रहेको गीतलाई ओएस आर डिजिटल युट्युव च्यानलले सार्वजनिक गरेको हो । म्यूजिक भिडियोमा पौडलको शब्द संगै गायक आनन्द कार्कीको स्वर तथा संगीतकार शक्ति वल्लभको संगीत रहेको छ ।
एरेञ्जर मनोहर सुनाम, मिक्सिङ र मास्टरिङ भोला पौडेलको रहेको उक्त गीतको म्यूजिक भिडियोमा विकास लामिछाने, दिपिका थापा, अनुप बोहोरा, आदित्य देव रुपाखेती र एन्थस खनालको अभिनय रहेको छ ।
भिडियोमा क्यामरा मुकेश हुमागाईं, कोरियोग्राफर राहुल बराइली, सम्पादन विनोद वम र निर्देशन कृष्णदेव रुपाखेतीको रहेको भिडियो नयाँ वर्ष २०२३ को सुरुवात संगै सार्वजानिक भएको हो ।
नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आएकी साहित्यकार पौडेल पछिल्लो समयमा गीतकारको रुपमा समेत आफ्नो परिचयको दायरालाई फराकिलो बनाउदै छिन् । आगामी दिनमा पनि गीति लेखनलाई निरन्तरता दिदै अन्य गीतहरु पनि दर्शक श्रोतामाझ ल्याउने उनले बताइन ।
भिडियोले सार्वजनिक भएको ५ दिनमा १ लाख ३३ हजार ३ सय ७० भ्युउज पाइसकेको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आयल निगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो ।
निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ हुनेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ । यसैगरी, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ दशमलव ६५४ डलरबाट घटाएर १ दशमलव ४२० डलर कायम गरेको छ ।
निगमले इन्डियन आयल कर्पाेरेसनलाई अझै १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत नै राखिएको जनाएको छ ।