मकवानपुर । स्थानीय तह उपनिर्वाचनमा दलहरुले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएकाे छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हाे ।
‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएकाे छ ।
यसैगरी निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण समेत माग गरेकाे छ ।
स्थानीय तह उपनिर्वाचनकाे लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको हाे ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। आयोगले उक्त विवरण ५ कार्तिक भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिनेछ आयोगले जनाएकाे छ ।
यस्तै आयोगले स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान समेत तोकेको छ ।
आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हाे।
आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।
त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ आयोगले जनाएकाे छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।
योसँगै तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाका चार भिन्नाभिन्नै स्थानमा भएका सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । आइतबार जिल्लामा भएका सवारी दुर्घटनामा परी उनीहरु घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ को चार्जिङ पोइन्ट नजिक पूर्व–पश्चिम सडक खण्डमा दुइ वटा मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् । पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना २९ प ७९८३ नंबरको मोटरसाइकल र पथलैया तर्फ जादै गरेको ना ५९ प ७८३ नंंबरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा चार जना घाइते भएका हुन् ।
यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ गढी रिसोर्ट नजिक नजिकै कान्तिलोकपथ सडक खण्डमा हेटौडा तर्फ आउँदै गरेको ना १ ह ९२११ नंबरको अटो ब्रेक फेल भई दुर्घटना हुँदा अटोमा सवार ६ जना घाइते भएकाे प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यस्तै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान चतारा सडखखण्डमा हेटौडाबाट फापरबारी तर्फ जादै गरको ना ३२ प ३२४४ नंबरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुइ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीमा भित्री सडक खण्डमा मकरीबाट हेटौडा तर्फ आउँदै गरेको बा प्र ०३–००५ प ९७१ नंबरको मोटरसाइकल र भित्रि शाखा रोडमा घैयाडाँडाबाट हेटौडा बजार तर्फ आउँदै गरेको बा प्र ०१–०२८च ८९४८ नंबरको कार दुर्घटनामा दुइ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुर । मौसम बाहिरिदै गए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
उक्त वायुको प्रभावले मौसम बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
अहिले कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।