मकवानपुर । नेकपा माआवादी केन्द्र हेटौंडा – १५ वडाकाे संयाेजकमा लिला कुमार घलान ताेकिएका छन् । सोमबार बसेको पार्टी वडा कमिटीको विस्तारित बैठकले अन्तरपार्टी वडा भेला संयोजन समितिको संयोजकमा लिलाकुमार घलानलाई तोकिएको हाे ।
वडा संयोजन समितिको सदस्यहरुमा भिमबहादुर पाख्रिन, रत्नबहादुर मगर, चन्द्रबहादुर पौडेल, विरमान घलान, रामबहादुर भोम्जनलगायत ११ सदस्यीय रहेको छन् । यस्तै, योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को वडा भेला आयोजक कमिटीको संयोजकमा सुरज घलानलाई तोकिएको छ । यसैगरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा भेला आयोजक कमिटीको संयोजकमा उषा घलानलाई तोकिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, सल्लाहकार मन्ते सिं योञ्जन, सदस्य विशाल तिुतङसहितको उपस्थिति रहेको वडा कमिटी इन्चार्ज मनकुमार लोले जानकारी दिए । भेला नेकपा माओवादी जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले मकवानपुरमा डेढ महिने संगठन विस्तार तथा पार्टी कमिटी निर्माण अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष मुनु सिग्देलको अध्यक्षमा भएको जिल्ला बैठकले यस्तो निर्णय गरेको हो ।
‘जेठ १५ सम्ममा वडा तहमा समेत पार्टी कमिटीहरु गठन गरिनेछ, जनसंगठनका जिल्ला, क्षेत्र र पालिकास्तरका भेलाहरु हुनेछन्,’ अध्यक्ष सिग्देलले भन्नुभयो, ‘आवश्यकता अनुसार रिक्त पदहरुमा मनोनयन पनि पनि गरिनेछ, नयाँ नेतृत्व पनि चयन हुनेछ ।’
‘नयाँ वर्षसँगै नयाँ उत्साहका साथ पार्टी कामलाई अघि बढाउने निर्णय भएको हो,’ अध्यक्ष सिग्देलले भनिन्, ‘पार्टी काम विस्तार र सुदृढिकरणका लागि जिल्ला कमिटीमा केही सदस्यहरु मनोनयनसँगै ३८ सदस्यीय सचिवलाय पनि गठन गरिएको छ ।’
बैठकले एमाले प्रचार विभागको जिम्मेवारी सचिवालय सदस्य रामकुमार एलनलाई दिने निर्णय समेत गरेको छ ।
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रको वायु प्रदुषणले स्वास्थ्य हुने असर नियन्त्रण र मापन गर्ने अभियान सुरुवात गरिएको छ । बागमती युनेस्को क्लबले काठमाडौं इन्ष्टिच्युट अफ अप्लाईड साइन्सेस सँगको सहकार्यमा प्रदुषण मापन र स्वास्थ्यमा हुने असर नियन्त्रण अभियान सुरू गरेकाे हाे ।
हेटौंडा उपमहनगरका मेयर हरिबहादुर महतको प्रमुख अाथित्यता र युनेस्को क्लब बागमती प्रदेशका अध्यक्ष निश्चल बानियाँको अध्यक्षतामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा स्टकहोल्डर मिटिङ अन करेन्ट सिनारियो अफ एयर पोलुसन इन नेपाल विषयक छलफल गरिएको थियो ।
छलफलमा क्रममा हेटौंडामा मेट्रोलोजिकल स्टेशनको स्थापना गर्ने, औद्योगिक क्षेत्रमा वायु गुणवत्ता अनुसन्धान गर्ने, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका उद्योग सम्बन्धित वायु गुणवत्ताका नीति नियम सम्बन्धित जनसमुदायमा चेतना, उद्योगपतिहरुमा चेतना जस्ता धेरै महत्वपूर्ण विषयहरुमा छलफल भई सम्पुर्ण सरोकारवालाहरुको संयुक्त प्रतिवद्धताले वायुप्रदुषण र त्यसका प्रकोपहरु नियन्त्रण गर्न आवश्यक कदमहरु यथाशिघ्र चल्ने निर्णयहरु भएको थियो ।
कार्यक्रममा युनेस्को सघं संस्थान तथा क्लबहरुको राष्ट्रिय महसघंका अध्यक्ष्य आनन्दराज त्रिपाठी, काठमाडौं इन्ष्टिच्युट अफ अप्लाईड साइन्सेसका वैज्ञानिक डा हेमु काफ्ले सहितकाे टोली, युनेस्को सघं संस्थान तथा क्लबहरुको राष्ट्रिय कोषाध्यक्ष राज कुमार केसी, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कडेल, उद्योग सघं मकवानपुरका वरिष्ठ उपाध्यक्ष्य स्वागत प्याखुरेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका वातावरण शाखा प्रमुख सन्जिव सुवेदीलगायतकाे उपस्थिती रहेको थियो ।
मकवानपुर । नेपाल ज्योतिष परिषद मकवानपुरमा हरिप्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएकाे छ । शनिबार भएकाे ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशनले सापकाेटाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदकाे अधिवेशन भएको हो।
परिषद्काे उपाध्यक्ष यादवराज बराल, मातृका नेपाल, सुनिल रुपाखेती, सचिव दामोदर धिताल, सहसचिवमा कुश अधिकारी, यदुनाथ सुबेदी, कोषाध्यक्ष पबित्रा पौडेल, सह कोषाध्यक्षमा ज्ञान प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुल प्रसाद दहाल, केशव प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णु प्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेत ब स्याङ्तान, मधुकर बर्तौला चयन भएका छन।
कार्यक्रममा ज्योतिष परिषद केन्द्रिय वरिष्ठ उपाध्यक्ष केशब धिताल,महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा परिषद केन्द्रिय सदस्य द्वय गणेश धिताल, गोबिन्द दुवाडी, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,प्रदेश उपमहासचिव गोबिन्द सन्जेल,कांग्रेस मकवानपुर सदस्य एवम रुद्रेश्वर समिति अध्यक्ष राजिव सुवेदी,सल्लाहकार बासुदेव बत्सको लगायताको उपस्थिती रहेको थियो।
मकवानपुर । हरेक महिनाको पहिलो शनिबार गजल यात्राको नियमित शृङ्खला सञ्चालन गर्दै आएको गजल मञ्च मकवानपुरको १७७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, प्रगतिशील लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी वर्तौला, सुस्केरा परिवारका राम कार्की, यादव श्रेष्ठ, गजलकार किशन पौडेल, सानु खनाल, सञ्जित श्रेष्ठ, प्रशन्ना चौलागाई स्वस्तिका दाहाललगायत करिब डेढ दर्जन गजलकारहरुले गजल बाचन तथा गायन गरेका थिए ।