मकवानपुर। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली बैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आइतबार भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् ।
कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए । पुनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । बैज्ञानिक पुनले संकटकालिन अबस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेल समक्ष आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने पाेखरेलले बताए । पाेखरेल र पुनकाे भेटमा कोरोना संकटमा हातेमालो गर्न सकिने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।
मकवानपुर । बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने सामाजिक विकास मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री बस्नेतले भनिन्, ‘प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं ।’

मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया शुरु गरेको छ । बागमती प्रदेश अन्तरगतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना भएकाे छ । केही दिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याब स्थापन स्थापना भइ पीसीआर परीक्षण गर्न शुरु गरिएकाे छ ।
मकवानपुर । हेटौंडा अस्पातलमा आइतबार बिहान २ जना काेराेना संक्रमण पुष्टि भएका पुुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरीका ६५ वर्षीय पुरूष तथा थाहा नगरका ३८ वर्षीय पुरूष रहेकाे अस्पतालले जनाएकाे छ । योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा ४ जना संक्रमितको मृत्यु भएको छ । आज बिहान थप २ जना संक्रमितको मृत्यु भए संगै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ पुगेको हो । मनहरी ९ का काेराेना संक्रमण भएका पुरूषलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईएको थियो । संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए । थाहा नगरपालिको ३ का काेराेना संक्रमित ३८ वर्षीय पुरुष लाइ थप उपचारकाे लागि हेटाैडा अस्पताल ल्याइएकाेमा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
गत बैशाख १९ गते राति ९ बजे हेटौंडा-१ का ५५ वर्षीय काराेना संक्रमित पुरुषकाे हेटाैडा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । यस्तै बैशाख २० गते बिहान ६ बजे काेराेना पुष्टि भएका बारा जिल्लाका ४६ वर्षीय पुरुष तथा बिहान ९ बजे महोत्तरी जिल्लाका ५० वर्षीय महिलाकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।
यस्तै बैशाख २१ गते बिहान ४ बजे काेराेजा संक्रमित हेटौंडा-६ की ४१ वर्षीया महिला तथा दिउँसो १ बजे बाराका २१ वर्षीय पुरुष मृत्यु भएकाे थियाे । बैशाख २२ गते ४ बजे मकवानपुरगढी-५ का ६८ वर्षीय पुरुषकाे समेत उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
यसैगरी बैशाख २३ गते बेलुका ६ बजे रौतहट चुपरका ३८ वर्षीय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे थियाे भने बैशाख २४ गते दिउँसो ४ बजे हेटौंडा-४ की काेराेना संक्रमण पुष्टि भएका ३७ वर्षीय महिला तथा दिउँसो ५ बजे हेटौंडा ७ का ४० वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे । बैशाख २५ गते दिउँसो ४ बजे हेटौंडा-५ का ६५ वर्षीय पुरुष र दिउँसो ३ बजे बारा सिमरनगढ-१ का ३४ वर्षीय पुरुषकाे समेत काेराेना उपचारकाे क्रममा मृत्यु भएकाे हेटाैडा अस्पतालले जनाएकाे छ ।
हालसम्म मकवानपुरमा कोरोना संक्रमण पुष्टि भइ मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
मकवनापुर । मकवानपुरमा १ सय ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
कूल १ सय ९७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौँलागाईले जानकारी दिए । १ सय ७९ जनकाे पीसीअार परीक्षणबाट १ सय २८ र १८ जनाकाे एन्टीजेन परीक्षणबाट ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे
संक्रमण पुष्टिहुनेमा मकवानपुरका १ सय २८ जना तथा मकवानपुर जिल्ला बाहिरका ६ जना रहेका छन् । १ सय ३४ जना काेराेना संक्रमित थपिदा हेटौँडा उपमहानगरपालिकामा मात्र १ सय २३ जना रहेका छन् ।
यसैगरी मकवानपुरभीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो । बाहिर जिल्लाका ६ जनामा ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

मकवानपुर । हेटौंडा अस्पातलमा १ जना काेराेना संक्रमण पुष्टि भएका पुुरुषको मृत्यु भएको छ । ६५ वर्षीय उनलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईएको थियो ।
आइतबार बिहान मनहरी ९ का संक्रमित पुरूषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए ।
योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्यु हुनेको कूल संख्या १२ जना पुगेको छ ।