मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।
मेयर
अनन्तप्रसाद पौडेल : ४३ (एमाले)
मिनाकुमारी लामा : ४१ (ए.समाजवादींगठवन्धन)
दिपकबहादुर सिंह : २४ (राप्रपा)
उपमेयर
सुमित्रा काफ्ले : ५२ (एमाले)
राजेश बानीयाँ : ५१ (कांग्रेसंगठवन्धन)
इन्दीरा न्यौपाने :०५ (राप्रपा)
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मत गणना कार्य सुरू गरिएको छ । जिल्लाको भिमफेदी र मनहरी गांउपालिकाहरूमा बिहान ६ बजेसम्मको नतिजामा गठबन्धनले अग्रता लिएको छ ।
भिमफेदी गाउंपालिकामा ८ सय ११ मत गणना गर्दा गठबन्धनको अध्यक्ष ४०५,
उपाध्यक्ष ४११ र नेकपा एमाले अध्यक्ष ३१५ उपाध्यक्ष ३०५ मत पाएका छन् । यसैगरी मनहरी गाउँपालिकामा गठबन्धन १४२ र एमाले ६४ मत पाएको छ । बागमती गाउंपालिका,मकवानपुरगढी गाउँपालिका,थाहा नगरपालिकालगायतमा भने ६ बजेपछिबाट मतगणनाको कार्य सुरू गदिदै छ ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठकाअनुसार हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य उम्मेदवारबीचको सहमतिपछि आज ७ बजेपछिमात्रै गणनाकार्य सुरू हुने छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि हेटौंडाको सिद्दार्थ माबिमा ४ वटा कोठा तयार पारिएको छ। हेटौंडाको १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
सतर्कताका साथ मतगणना गरिने र सुरुमा केही सुस्त भए पनि कुनै किसिमको समस्या नहोस् भनी गणना गरिने श्रेष्ठको भनाइ छ । मतगणनामा खटिने गणकहरु क्रमशः अभ्यस्त हुँदै जाँदा मतगणनाको कार्य छिटो हुने श्रेष्ठले बताए ।
मकवानपुरमा जिल्लामा ७० प्रतिशत मतदान भएको थियो । मतगणना स्थललाई सुरक्षित बनाउन सिसि क्यामरा र तालजालीको ब्यवस्थापन गरिएको छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को आज मतदान गर्ने कार्य जारी रहेको छ । मकवानपुरबाट राष्ट्रिय राजनीतिमा परिचित व्यक्तिहरुले मतदान गरिसकेका छन् ।
मुख्य पदमा उम्मेदवारी रहेका तथा नेतृत्वमा रहेका व्यक्तिहरुले विहान सबेरै आफ्नो मतदान केन्द्रमा मतदान सकेर आफ्नो वा दलको समर्थनमा मतदान स्थल तथा केन्द्रहरुमा उपस्थित रहेका छन् ।
विहान ७ बजेबाट मतदान सुरु हुने भएपनि मतदाताहरु विहान ४ बजेबाटै मतदान स्थलमा उपस्थित भएका थिए ।

बागमती प्रदेश पुर्व मुख्य मन्त्री डोरमणी पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनी नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य हुन् ।
मतदान कार्यक्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित बंश गोपाल माध्यमिक बिधालयको मतदान स्थलबाट मतदान गरेका छन् ।

संघीय सरकारका स्वास्थ मन्त्री बिरोध खतिवडाले तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनीहरु दुबै नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् ।
यसैगरी नेपाली काङ्ग्रेस प्रदेश सभापति ईन्द्र बहादुर बनियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को ज्योती माविबाट मतदान गरेका छन् ।
यसैगरी बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हेटौंडा १३ स्थित कालिका मावि मतदान स्थलबाट मत संकेत गरेकी छिन् ।
संविधान सभा पूर्व सदस्य तथा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार रहेका अनन्त पौडेलले हेटौंडा ९ स्थित प्रगति माविबाट आफ्नो मतसंकेत गरिसकेका छन् ।

यसैगरी गठबन्धनबाट मेयरको उम्मेदवार मिनाकुमारी लामाले हेटौंडा १ को रोप वे मतदान स्थलबाट मतदान गरेकी छिन् । रोप वे को मतदान स्थलबाट सबैभन्दा पहिले लामाले नै मतदान गरेकी थिइन् ।

आफ्नो मतसंकेत गरेपछि हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार पौडेल र गठबन्धनबाट मेयरको उम्मेदवार लामा दुबैले आफ्नो जितको सुरुवात भएको दाबि गरे । दुबै उम्मेदवारले मतदातालाई सचेतका साथ मतदान गर्न आग्रह समेत गरेका छन् ।





मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि मतदान गर्ने समय केही घण्टामात्रै बाकी हुंदा मतदान स्थलहरूमा तिव्र गतिमा तयारी भैरहेको छ । मतदान स्थलको तयारी र व्यस्तताले पर्व मनाउन लागेको जस्तो उल्लास देखिएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
मतदान स्थलमा कर्मचारीहरू मतदाता परिचयपत्र वितरणमा संगै मतदाता शिक्षा दिन व्यस्त छन् भने मतदाताहरू आफ्नो मतदाता परिचयपत्र लिन लागिपरेको छन । म्यादी प्रहरीहरू मतदान केन्द्र निर्माणमा जुटेका छन् । स्थानीय दलहरूको सर्वदलीय बैठक बसिरहेको छ । प्रहरीहरूले मतपत्रलगायतको सुरक्षामा पहरा दिइरहेको छ । मतदान स्थलमा आज सांझसम्म तोकिएको सशस्त्र प्रहरीहरू पुग्ने छन् । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिनेछन भने मतदान केन्द्र बाहिरा सेना खट्नेछन ।
मतदान स्थलमा खटिने विभिन्न संघसंस्थाका स्वयंसेवकहरू आफ्नो जिम्मेवारी बहनको लागि निर्देशन सहित फिल्डमा खटिने तयारीमा छन् । “सबैको चटारो र स्फुर्ती देख्दा पर्व नै मनाउने तयारीमा लागेजस्तो देखिन्छ” हेटौंडा ४ भुटनदेवि माबि मतदान स्थल नजिकैको किराना व्यवसायी सिता कार्कीले भनिन् ।
“५ बर्षको लागि आफूहरूले आफ्नो प्रतिनिधि छान्न पाउनु एउटा पर्व नै हो, उल्लाससंगै गम्भीर र सचेत पुर्वक प्रतिनिधि छान्नुपर्छ” युवा सन्चारकर्मी प्रकाश दाहालले भने ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा आवश्यक सबै तयारी पूरा भईसकेको र स्थलगत तयारीमा जिम्मेवारी तोकिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू खटिरहेको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।
भोलि बिहान ७ बजेबाट मतदान कार्यक्रम सूरूहुने छ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको उनले बताए । जसमा १ हजार ७७० जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइएको छ । भोलि एक दिनको लागि १ हजार ६८ जनालाई मतदान अधिकृृतहरूले स्वयमसेवकको रुपमा खटाउने तयारी भएको छ ।
निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
निर्वाचनमा सहभागी हुँदा कसैको दबाब र प्रभावमा नपर्न मतदातालाई उनले आग्रह गरे । यदि त्यस्तो भएमा आयोगमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल बनाउने र सम्पन्न गराउने रहेको उनले बताए ।
आखाँको समस्या र हात नचल्ने बृद्धाबृद्धा, अपाङ्गहरुले आफ्नो घरका सदस्यलाई लिएर मतदान गराउन सकिने छ। यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्पर्क गरेर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानुनी प्रावधान रहेको उनले बताए ।
मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । जसमा इन्द्र सरोवर गाउँपालिकामा सबैभन्दा कम र हेटौंडामा उपमहानगरपालिकामा सबैभन्दा बढि मतदाताहरू छन् ।
हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।


