मकवानपुर । मकवानपुरमाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशीराम बज्युले विजयी सुरुवात गरेका छन ।
उनले ७ सय ४४ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।
मकवानपुरको १० स्थानीय तहमा १ सय २ वटा वडाहरु रहेकामा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ वडामा कांग्रेस र माओवादी केन्द्र र एमालेले १/१ वडा जितेको छ ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रले अध्यक्षमा जितेको छ ।
थाहा नगरपालिका १ मा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली ८ सय ६३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनि २०७४ को स्थानीय निर्वाचनमा पनि सोहि वडाको वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरे ।
मकवानपुरका १० स्थानीय तहमा रहेका १ सय २ वडा मध्ये हालसम्म ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्रले १ वडा जितेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा मगणनाको क्रममा विवाद भएको छ । मतगणनाको क्रममा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको छ ।
सर्वदलिय वैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएको थियो । तर उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै बिरोध भएपछि विवाद सुरू भएको हो ।
अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिका–१ र ८ को मतगणनामा गठबन्धन अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउदै आएको छ । १ नम्बरको सय मत र वडा नम्बर ८ को २ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् ।
यसैगरी अध्यक्षका अर्का उम्मेदवार एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छ । मतगणनास्थलमा पत्रकार समेतलाई समेत प्रवेश निषेध गरिएकोले मतगणनास्थल बाहिर भएका स्थानीयबाट बिरोध भईरहेको छ ।
मकवानपुर । मकवानपुरको इन्द्रसरोबरबाट कांग्रेसले विजयी सुरुवात गरेकाे छ । गाउँपालिकाकाे वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।
कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७ सय ४४ मत ल्याएका छन् । अध्यक्षका प्रत्याशी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गर्दा १ सय ५९ मतान्तरले थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।
यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएका छन् । यस अघी नै दलित महिला सदस्य तर्फ नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।