मकवानपुर । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैँडाले जनाएको छ ।
भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धान खेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो पाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धान खेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धान खेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको पाँच हजार नौ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयले जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा हेटौंडा राइडर्स क्लबको आयोजनामा कोरा साइकल र्याली हुने भएको छ । र्यालीको लागि सबै तयारी पूरा भएको छ ।
आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्यालीको तयारी पूरा भएको जानकारी दिएको छ । क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुनेछन् । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् ।
हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथहुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् । कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
उनीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्नेछन् । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्याली टुंगिनेछ । कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको ताम्राकारले बताए ।
मकवानपुर । प्रदेश र संघीय चुनावको तयारीको लागि वर्तमान गठबन्धन सरकार विधि प्रक्रिया बिना कर्मचारी सरूवा गरेको बताइएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले वर्तमान सरकारले हतार हतार यस्तो कार्य गरेको बताए ।”चुनावको मिति घोषणा गर्नु रहेछ अनि यति धेरै हतारिएर कर्मचारी चलाईएको रहेछ” कोईरालाले भने ।
सरकारले बिधि र प्रक्रिया नपुर्याईकन उच्चस्तरका कर्मचारी सरूवा गरेको प्रति पेशागत संगठनको ध्यानाकर्षण भएको उनले बताए ।
स्थानीय तहहरूमा दैनिक ज्यालादारी र करारको कर्मचारी हटाउने र सोहि प्रकृतिको कर्मचारी भर्ति गर्न सुरू गरिएको प्रति पनि संगठनले सच्चिनको लागि अनुरोध गरेको उनले बताए । “एउटा विधिमा भर्ना भएका अस्थायी, ज्यालादारी करारका कर्मचारीलाई हटाउने र सोहि पदमा आफ्नालाई भर्ति गर्ने क्रम चलेको प्रति संगठनले सबै तिर ध्यानाकर्षण गराएपछि मन्त्रालयहरूले संगठनको अनुरोधलाई उदृढ गर्दै कर्मचारी ननिकाल्न सर्कुलर जारी भएको उनले बताए ।
संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताए । संगठनले देशको ६८ जिल्लामा सहकारी संचालन गर्दै आएको छ । जसमा ३ अरब पुँजी रहेको छ । पुँजीलाई सही र प्रभावकारी ढङ्गले सन्चालन गर्दै आएको कोइरालाले बताए ।
सहकारी मार्फत रक्तदान सेवा, वृक्षरोपण, स्थायी पार्क निर्माण जस्ता काम गरिरहेको कोइरालाले बताए । यसैगरी स्वास्थ शिविर संचालन, शित लहरमा न्यानो कपडा वितरण, बाढि पहिरो पीडितलाई सहयोग प्रदान जस्ता जनताको सेवामा कर्मचारी संगठन लागिपरेको उनले बताए ।
यसैबीच नेपाल निजामती संगठन बागमती प्रदेश कार्य समितिको भोली हुने प्रथम प्रदेश अधिवेशनको सबै तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
भोलि हुने अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा ५ सयभन्दा बढि कर्मचारी सहभागी हुनेछन । अधिवेशनमा १३ जिल्लाका ९८ जना प्रतिनिधिले सहभागीता जनाउने प्रदेश इन्चार्ज अर्यालले बताए ।
संगठनले भोलि बिहान् प्रभात फेरि आयोजना गर्ने र त्यसपछि अधिवेशनको उद्घाटन गर्ने संगठनका प्रदेश इन्चार्ज बिष्णुप्रसाद अर्यालले बताए । पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनको उद्घाटन गरेछन् । नेपालको १ लाख २५ हजार कर्मचारीहरू विभिन्न पेशागत संगठनमा आवद्ध छन् ।
मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनताको अपेक्षा बुझेर काम गर्न आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयाेजित तथा स्थानीय तह विभागको संयाेजनमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूकाे भेलालाई सम्बाेधन गर्दै रानाले यस्तो निर्देशन दिएका हुन् । जनताकाे कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेकाे घाेषणापत्रलाई मार्गदर्शनकाे रूपमा लिनपर्ने रानाले बताए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू समाजमा अब्बल रूपमा कामबाट स्थापित हुनुपर्ने र जनताकाे पीडा, समस्या र दुःखमा हरदम साथमा रहन नेता रानाले आग्रह गरेका हुन् । “आज प्रतिक्रयावादी र अवसरवादीहरूले नेकपा एमालेमाथी चाैतर्फी घेराबन्दी गरेकाे छ, जनप्रतिनिधिकाे क्रियाशिलता र व्यवस्थित संगठनकाे बलमा आगामी संसदीय निर्वाचनकाे नतिजाले नै उचित जवाफ दिनकाे लागि सबै चनाखाे हुनुहोस्” उनले भने ।
कार्यक्रममा पार्टी बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलाले गठबन्धन सरकारले सत्ता टिकाउन विदेशीकाे खेल मैदान बनाउने षडयन्त्रलाई सहयाेग गरेकाे राष्ट्रियता जाेगाउन एमाले बलियाे हुनुपर्ने बताए ।
विकास र समृद्वि कामकाे नेतृत्व जनप्रतिनिधिहरू गर्दै जनतालाई राष्ट्रिय राजनीतिकाे बारे स्पष्ट पार्नुपर्ने बर्तौलाले बताए ।
जिल्ला कमिटी सचिव नवीन सिग्देलले पार्टीले सञ्चालन गरेकाे ४५ दिने संगठन सुदृढीकरण र शुद्विकरण अभियानबारे प्रष्ट पारे । कार्यक्रममा पार्टी जिल्ला उपसचिव तथा भीमफेदी गाउँपालिकाकाे अध्यक्ष हिदम लामाले भेलाकाे महत्व र जनप्रतिनिधिकाे भूमिकाबारे प्रष्ट पारेका थिए ।
पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाले सभाध्यक्षता गर्दै कार्यक्रममा समाजवादकाे आधार तयार गर्न स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध नियमित अन्तरिक्रया र छलफल गर्दै सुदृढ गर्दै प्रभावकारी बनाउनु पर्नेमा जाेड दिए।
बाग्मति प्रदेश कमिटीका सदस्यहरू भगवती पुडासैनी, अर्जुन अर्याल ईन्द्रमान स्याङ्तान, भाेजराज ढकाल, जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्यहरू फूर्वादाेर्जे लामा, अनिल बानियाँ, जुना दाहाल, दीपक खड्का, ईन्द्र सराेवर गाउँपालिका अध्यक्ष डिके पुडासैनी, उपाध्यक्ष उमा लामालगायत एमालेबाट निर्वाचित १० वटै पालिकाका वडा अध्यक्ष र सदस्यहरूकाे उपस्थिति रहेकाे जिल्ला कमिटी उपसचिव सीता विष्टले बताइन ।
मकवानपुर । निरन्तर बर्षापछि मकवानपुर-ललितपुर हुदै काठमाडौ पुग्ने छोटो मार्ग अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी सडक अवरुद्ध भएपछि विकल्पको रूपमा रहेको ललितपुरको चापागाउँ पुग्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ पनि अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ घट्टेपाखाका नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन्।
स्थानीय तह तथा लोकपथ आयोजनासँग समन्वय गरेर सडकखण्ड खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा काठमाडौको भिमफेदी सडक खण्ड हिजोदेखि अवरुद्ध छ ।