मकवानपुर । आमनिर्वाच २०७९ मा बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा सत्ता गठबन्धनले क्लिन स्वीप गरेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधि र प्रदेश सभागरी ६ जनाको लागि भएको प्रत्यक्ष निर्वाचनमा सबै सिटको अन्तिम मत परिणाम घोषणा भएको छ । जस अनुसार नुवाकोटमा सत्तारूढ गठबन्धन दलका सबै उम्मेद्वार बिजयी बनेका छन् ।
नुवाकोट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका अर्जुननरसिंह केसी २८ हजार १०७ मत प्राप्तगरी बिजयी भएका छन् । क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेपाली काँग्रेसका बहादुर सिंह लामा १७ हाजर २४९ मत प्राप्तगरि बिजयी बने ।
त्यसैगरी नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा माओवादी केन्द्रका राधिका तमाङ बिजयी भएकी छिन् । बागमती प्रदेशको पूर्व सभामुख तामाङले १६ हजार १६९ प्राप्त गरीन् ।
यससंगै नुवाकोटका दुबै निर्वाचन क्षेत्रको नतिजा सत्तारूढ गठबन्धनको पक्षमा गएको छ ।
नुवाकोट प्रतिनीधी सभा निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितबहादुर तमाङ बिजयी भएका छन् । क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयद्धारा घोषित परिणाम तथा नतिजा अनुसार २६ हजार ५४८ मत प्राप्तगरी हितबहादुर तमाङ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका थिए ।
यता चितवन जिल्लामा भने प्रतिनिधि सभातर्फ गठबन्धन पराजित भएको छ ।
चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् भने २ बाट पनि यसै पार्टीका रवी लामिछाने विजयी भए । ढकालले ३३ हजार १८९ मत ल्याएर नेकपा एमालेका सुरन्द्र पाण्डलेलाई ७ हजार ५८१ मतको अन्तरमा पराजित गराए ।
यसैगरी लामिछानेले ४९ लाख २६४ मत ल्याएर काँगे्रसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मत अन्तरमा पराजित गराए । चितवन १ मा गठबन्धनका उम्मेदवार विश्वनाथ पौडेल तेस्रो स्थानमा पुगे भने चिवन २ मा गठबन्धन निकट प्रतिष्पर्धामा चित बुझाउन बाध्य भयो ।
यता चिवन ३ मा पनि गठबन्धन पराजित भएको छ । गठबन्धनका भोजराज अधिकारी ९ हजार ६९१ मतले पछि परे । यो क्षेत्रमा राप्रपामा विक्रम पाण्डेले जित हासिल गरे । उनले ३४ हजार ३ ६२ मत ल्याए । चितवनमा प्रदेश सभातर्फको मतपरिणाम भने गणना जारी छ ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा राप्रपाको दिपक बहादुर सिंह विजयी भएका छन् । राप्रपाको केन्दीय सदस्य रहेका सिंहले २७ हजार ८१६ मत प्राप्त गरी विजयी भएका हुन् ।
राप्रपाको केन्दीय सदस्य रहेका सिंहले २७ हजार ८१६ मत प्राप्त गरी विजयी भएका हुन् । सिंहलेले सत्ता गठबन्धनका महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष समेत रहेका एमालेका उम्मेदवार कमल थापालाइ पराजित गरेका हुन् । नेपाली कांग्रेसका उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गरे भने थापाले २५ हजार ४२० मत प्राप्त गरे ।
मकवानपुर । मंसिर ४ गते भएको प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवार रहेका कमल थापाले मतगणना बाकी नै हुदा हार स्वीकार गरेका छन् ।
मकवानपुर क्षेत्र नंबर १ बाट बाम लोकतान्त्रीक गठबन्धनका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले कत गणना नसकिदै हार स्विकार गरेका छन् ।

उनले सामाजिक संजालमा हार स्वीकार गर्दै स्टाटस लेखेका छन् । यहाँ अझै करिब १६ हजार ६९४ मत गणना हुँन बाँकी रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा न ५, ९,१० र १२ को मत गन्नेकाम भैरहदा थापाले आफूले हार्ने पुर्वानुमान सहित स्टाटस लेखेका हुन् । यो भुगोलबाट गत स्थानीय तहको निर्वाचनमा राप्रपाले राम्रो मत ल्याएको थियो । यसैले पनि यहाँ आफूले पाउने मत काटिन सक्ने उनले बताए ।
अहिले पनि हेटौँडा बजार क्षेत्रमा मतगणना सुरु भएपछि राप्रपाका दिपकबहादुर सिंहले अप्रत्यासित मतभार बढाउँदै ल्याएका छन् । सिंहको मत बढेपछि आफ्नो मत काटिने र गठबन्धनको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई सहज हुने उनको अनुमान छ ।
पछिल्लो नतिजा अनुसार डिनाले २२ हजार ५८३ थापाले २१ हजार ४७२ र सिंहले २१ हजार १५९ मत ल्याएका छन् । यो क्षेत्रमा कुल ९१ हजार ४८६ मत खसेकोमा हालसम्म ७४ हजार ७९२ मत गनिएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा माओवादीले जित हासिल गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी एमालेका कमल विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
युवा नेता पुलामीले ४ हजार २८७ मत मतान्तरमा नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई पराजित गरेका हुन् । पुलामीले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४३३ मत प्राप्त गरेका थिए ।
पुलामी यसअघि पनि बागमती प्रदेश सभाका सदस्य हुन् । कुल ४६ हजार २३० मत खसेको मकवानपुर १ को १ मा १ हजार ६६३ मत बदर भएको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा १ मा सत्ता गठबन्धन विजयी भएको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ कुमारी मोक्तानले नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई पराजित गरेकी हुन् ।
मोक्तानले ३२२ मतान्तरमा एमालेका उम्मेदवार ढकाललाई पराजित गराएकी हुन् । मोक्तानले १९ हजार ८७३ मत ल्याउँदा ढकालले १९ हजार ५५१ मत ल्याएका थिए । मोक्तान बागमती प्रदेशको पूर्व समाजिक विकास मन्त्री समेत हुन् । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर घलेले ३ हजार ७०० मत प्राप्त गरे । कुल ४६ हजार ५३ मत खसेको मकवानपुर २ को १ मा १ हजार ५९९ मत बदर भएको थियो ।