मकवानपुर । पछिल्लाे समय काेराेना संक्रमण पुष्टि हुने भन्दा संक्रमण मुक्त हुनेकाे संख्या बढ्दै गएकाे छ । देशैभर काेराेना मुक्तहुने काे संख्या बढिरहेकाे छ । मकवानपुर जिल्लामा पनि पछिल्ला दिनहरूमा कोरोना पुष्टि हुनेकाे अनुपातमा संक्रमण मुक्त हुनेकाे संख्या बढ्दै गएको छ ।
मकवानपुरमा शुक्रबार थप १ सय ९० जना काेराेना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा आज होम आइसोलेसनबाट १ सय ८३ जना र संस्थागत आइसोलेसनबाट ७ जना गरी १ सय ९० जना कोरोन संक्रमण मुक्त भएका हुन् ।
कोरोना मुक्त हुनेमा निको हुनेमा हेटौंडा उपमहानगरपालिका १ सय ४६ जना थाहा नगरपालिका र मनहरी गाँउपालिकाका १२/१२ जना, मकवानपुगढी गाँउपालिका र कैलाश गाँउपालिकाका ८/८ जना, भीमफेदी गाँउपालिकाका २ जना, बकैया र राक्सिराङ गाँउपालिकाका १/१ जना कोरोना निको भएका छन् । यो संगै मकवानपुरमा कोरोना निको हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।
मकवानपुरमा थप ४५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि
यसैगरी शुक्रबार मकवानपुरमा थप ४५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षणमा ३० जना र एन्टीजेन परीक्षणमा १५ जना गरी थप ४५ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज कोरोना पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । ६ जना थाहा नगरपालिकाका, ५ जना मनहरी गाँउपालिकाका र १ जना कैलाश गाउँपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ४ सय ६० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट मकवानपुरमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना हेटौंडा उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ हजार २ सय ९६ जना रहेका छन् । जसमा २ हजार १ सय ७५ जना घरमा र १ सय २१ जना आइसोलेसनमा रहेका छन् ।
