मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घन्टामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
२ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जना र ४७ जनाको एन्टीजिन परीक्षणमा २० जना संक्रमित थपिएका हुन् । यो समेत मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय १९ पुगेको छ । आज कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ५२ जना छन् ।
थाहा नगरपालिकामा २ जना, बागमती गाउँपालिकामा २ , मनहरीमा १०, भीमफेदीमा ५ र राक्सिरांगमा १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका छन् ।
आज सस्थागत आइसोलेसनबाट ९ जना र होम आइसोलेसनबाट ८७ जना डिस्चार्ज भएको बताइएको छ ।
यसैगरी नेपालमा आज थप ५ हजार ६ सय ६७ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।
यसैगरि आज थप ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा २ सय १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

