मकवानपुर । मकवानपुरका ४ स्थानीय तहमा बैशाख १९ गते राती १२ वजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको समयमा जिल्लाबासीलाई कुनै समस्या गरी गुनासाे राख्नु परेमा सिधै कार्यालयमै सम्पर्क गर्न अनुरोध गरेको छ ।
निषेधाज्ञाको मौका बनाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम भएको भन्ने जनगुनासोहरु भएमा कार्यालयको इमेलमा सम्पर्क गर्न साेमबार २० गते सूचना जारी गरेकाे छ । जनगुनासाे सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी समेत राख्न सकिने कार्यालयले जनाएकाे छ । जनगुनासो अनुसार अनुगमनका क्रममा जोकोहीबाट पनि उपभोक्ता हित विपरितका कुनै पनि कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने भन्दै जिल्ला प्रशासन कार्यालयले सुचित गरेको छ ।
यससम्बन्धी कुनै पनि गुनासो भएका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ९८४९३५६८५८ मा प्रमाणसहित उजुरी एवं जानकारी गराउन सकिने छ भने कार्यालयको इमेल ठेगाना daomakawanpur@moha.gov.np, daomakawanpur@gmail.com वा कार्यालयको अफिसियल फेसबुक पेजमा समेत उजुरी गर्न सकिनेछ सूचनामा उल्लेख छ ।


