मकवानपुर । मकवानपुर जिल्लामा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काेराेना पुष्टी भएका मध्य ३० जना महिला र ३३ जना पुरुषमा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले जानकारी दिए ।
संक्रमित मध्ये ६१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १ जना मनहरी गाँउपालिका र अर्का १ जना बारा जिल्ला घर भइ हेटाैडा बसाेबास गर्नेे रहेका छन् ।
बैशाख १९ गते लिइएकाे ८८ जनाकाे लिइएकाे स्वाव परीक्षणमा ६३ जनामा संक्रमिण देखिएको हो । ७८ जनाकाे पीसीआर परिक्षणमा ५७ जना पाेजेटिभ तथा १० जनामा गरिएकाे एन्टिजेन परीक्षणमा ६ जना पाेजेटिभ नतिजा आएकाे हाे ।
२४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुमाए
यसै गरी हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचाररत काेराेना भाइरस पुष्टी भएका ३ जनाकाे मृत्यु भएकाे छ ।
साेमबार बिहान साढे ९ बजे काेराेना संक्रमित १ जनाकाे उपचारको क्रममा मृत्यु भएसँगै मृत्यु हुनेकाे सख्या ३ पुगेकाे अस्पतालले जनाएको छ । यो संगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुुमाएका छन् । पछिल्लाे पटक मृत्यु हुनेमा महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईको थियो ।
आजै बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरी आइतबार राती ९ बजेर १७ मिनेटमा हेटौंडा-१ का ५५ वर्षीय काेराेना सक्रमित पुरुषको मृत्यु भएको थियो ।


