मकवानपुर । हेटौंडा अस्पतालको ओपिडि सेवा आज बैशाख २० गते साेमबारबाट बन्द हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटाैडा अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेकोले अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द हुने अस्पतालले जनाएको छ ।
अस्पतालमा भएकाे २० शैयाको सेवाले बिरामीको चापलाई धान्न नसक्ने भएकोले ओपीडी सेवा बन्द गरेर कोभिड सेवा थप गर्न लागिएको अस्पतालले जानकारी दिएकाे छ । आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रर राजेश प्रसाईको अधयक्षतामा बसेको बैठकले आजबाट अस्पतालको ओपिडि सेवा बन्द गर्ने निर्णय गरेको हो ।
अस्पतालको आकस्मिक सेवा,प्रसुती सेवा,ज्वरो क्लिनिक सेवा भने यथावत संचालन रहने अस्पतालले जनाएकाे छ । बैठकले कोरोना संक्रमित बिरामीको उपचारको लागि आईसीयू,एचडीयू र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने निर्णय गरेको छ । यसैगरी अस्पतालले आज साेमबारबाट थप ५० बेडको कोभिड उपचार कक्ष संचालनमा गर्ने भएकाे छ ।

