मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।
मकवानपुरमा ६१ जनामा संक्रमण पुष्टि
मकवानपुरमा बैशाख १७ गते शुक्रबार थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैशाख १६ र १७ गते गरिएको परीक्षणमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले बताए । संक्रमितमध्ये २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । ६१ जना थपिएसँगै मकवानपुरमा कूल सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।

