मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र नाईट्रोभेट सहित ३ जना पक्राउ गरेकाे छ । मकवानपुर हेटाैडा वडा नं. ९ बस्ने बर्ष २४ को सिद्धार्थ भण्डारीलाइ गाँजा २ किलो ४३५ ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएकाे हाे ।
यस्तै बारा गढिमाई न.पा. १५ बस्ने बर्ष १८ को सोम बहादुर तामाङ र नवलपरासी साबिक बन्जरीया गा.बि.स. वडा नं. १ बस्ने बर्ष २३ को सन्देश तामाङ लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
सुचनाको आधारमा बैशाख ११ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक सोरप छिरिङ तामाङको कमाण्डमा खटिएको प्रहरी टोलिले भण्डारीको घर खानतलासी गर्दा लागुऔषध गाँजा २ किलो ४ सय ३५ ग्राम र वन्यजन्तुको अखेटोपार सिङ्ग थान २ र नगद २६ हजार ३ सय ५० सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता रिमालले बताए।

यस्तै बैशाख १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटाैडा १० बसपार्क स्थित सडक खण्डमा संकास्पद रुपमा हिंडिरहेका तामाङद्वयलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको रिमालले जानकारी दिए ।
फरार प्रतिवादी पक्राउ
यसैगरी मकवानपुर प्रहरीले १ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । जिल्ला अदालत मकवानपुरको २०७२ साल चैत २२ गतेको फैसालाले सार्वजनिक मुद्धामा १ हजार ४ सय ५० जरिवाना भुक्तान गर्न बांकी रहेका फरार हेटाैडा ४ बस्ने धर्मेन्द्र खेम्कालाई पक्राउ गरेकाे छ ।
प्रतिवादी खेम्कालाई अाइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा ४ बाट नियन्त्रणमा लिई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको प्रवक्ता रिमालले बताए ।

