मकवानपुर । मकवानपुरमा पछिल्लाे समय बढ्दै गएकाे काेराेना संक्रमणका कारण हेटौंडामा सवारी साधरमा बैशाख १२ बाट जोरबिजोर प्रणाली लागु हुने भएको छ । कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबारकाे बैठकले सिफारिस गरे बमोजिम बैशाख १२ गते आईबतबारबाट हेटौंडा बजार क्षेत्रमा सवै निजी साना सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएकाे हाे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शुक्रबार आदेश जारी गरि काेराेना संक्रमण बढेको भन्दै जोरबिजोर प्रणाली लागु गरिने छ । प्रजिअको आदेशमा जिल्लाका सबै पिकनिक क्षेत्र बन्द गर्ने, माक्स नलगाई सार्वजनिक स्थलमा गए संक्रमण ऐन २०२० अनुसार कारबाही गर्ने भनिएको छ ।
बैठकले हेटौंडामा निजी साधन कार, माेटरसाइकल तथा भाडाका निजी सवारी ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोर–विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकले गृह मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्नेलगायतका निर्णयसमेत गरेको छ ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा संयाेजक सहित ७ सदस्यीय अनुगमन समिति समेत गठन गरेकाे छ । पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष समेत सदस्य रहेकाे समितले अनुगमनलाई तिव्रता दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।



