मकवानपुर । मकवानपुर जिल्लामा काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाे छ । साेमबार मात्र मकवानपुरमा २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे समय नेपालमा काेराेना संक्रमणकाे दर बढ्दै गइरहेकाे छ ।
काेराेना संक्रमण जोखिम बढ्दै गएकाेले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गर्न र गराउन निर्णय गरेकाे छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपुर्ण २४ निर्णयहरु गरेको छ । निर्णयहरू जिल्लामा बैसाख ७ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्ने भएको हाे । साथै उक्त निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन कार्यमा अावश्यक सहयाेग समन्वय र सहजिकरण गर्न राजनीतिक दल जनप्रतिनिधिहरु नागरिरक समाज गैर सरकारी संघ संस्था एवम् संचारकर्मीलाइ अनुराेध समेत बैठकले गरेकाे छ ।
निर्णय अनुसार हेटौडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा सम्वत् २०७८ साल बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने ।
बैठकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लामा रहेको आइसोलेशन कक्ष र क्वारेन्टाईनलाई थप व्यवस्थित गर्ने, रेष्टुरेण्ट÷बार तथा लोकदोहोरी साँझलगायतका व्यवसायहरु बेलुकी ९ बजेसम्म मात्र खोल्न अनुमति दिने निर्णय समेत गरेको छ ।
